“फाक्तालुङ्ग सेसे” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – चर्चित बाल गायकद्वय मनिष लिम्बु र माङ्गेना लिम्बुको स्वरमा रहेको लिम्बु भाषाको “फाक्तालुङ्ग सेसे” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिता फोम्बो ठूलिको शब्द रचनामा रहेको उक्त गीतमा चर्चित संगीतकार सुहाङ्ग लिम्बुले संगीत गरेका छन् ।
एरेन्ज भने अशोक लोहरुङ्ग राईले गरेका हुन् ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा गायकद्वय मनिष लिम्बु र माङ्गेना लिम्बु, चर्चित मोडल सवनम साँवा लिम्बु, संगीतकार सुहाङ्ग लिम्बु, कल्पना योङ्गहाङ्ग, अगम सिंह, याक्पान्देन र मनु लिम्बुले अभिनय गरेका छन् ।
अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने चर्चित म्युजिक भिडियो निर्देशक लोकेन साँवाले निर्देशन गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला