आर्थिक अवस्थाले साथ नदिए पनि कलमले धोका दिएन गीतकार बालकृष्ण न्यौपानेलाई

0 1,261

संसारमा धेर थोर मात्र विषयको ज्ञान सबैमा होला, निपुण भएर खारिन सीप , कला, सृजना हुन नितान्त जरूरी छ । गीत-संगीत र रचनालाई ईश्वरको देन मान्न सकिन्छ । त्यसलाई कुन तरिकाले र कस्तो मेहनतले पस्कने त्यो व्यक्तिमा फरक पर्न सक्छ ।

अन्त्यानुप्रास मिलेको कवितालाई बाजाको साथमा लय मिलाएर गाउँनु नै गीत थियो कुनै बेला । बाल्य अवस्था देखि नै गीतप्रति धेरै झुकाव बढ्दै गएको र अहिले आएर आफूलाई मुल्यांकन गर्दा थाहा भयो आफु सँग ज्ञान जरूर रहेको तर सीप भने पर्याप्त रूपमा नरहेको कुरा बताउनु हुन्छ बालकृष्ण न्यौपाने । त्यसको परिपूर्ति गर्ने मौका आफूलाई प्रत्यक्ष रूपमा मिल्यो जब गीत-संगीतको मार्गमा बाल कृष्णले प्रवेश गरे ।

बाल्यवस्था देखि लिएर किशोर, युवा अवस्था सम्म स्कूल, कलेज, सामाजिक समारोहमा गीत-सङ्गीतका कार्यक्रममा भाग लिदै गए । त्यतिबेला आर्थिक अभावका कारण तनमन दिएर अंगाल्ने अवस्था उनमा थिएन । शैक्षिक यात्राको लागि बाधक बनेको

आर्थिक शंकटले सांगीतिक यात्रालाई साथ दिने कुरै भएन । संगीतलाई माया गर्ने व्यक्तिको परिचय कसरी दिने भन्दा गीत लेखन नै संगीतको जग हो भन्ने लाग्यो बाल कृष्णलाई । आर्थिक अवस्थाले साथ नदिएर के भो र ? कलमले धोका दिएको थिएन, त्यसैले उनको साँचो माया कलम सँग गाँसियो ।

करिब १९, २० वर्षको उमेर देखि नै थालनी गरेको गीत लेखन २ दशक जति अध्यारोमै रहयो उनको । सन् २०१८ सालमा पाठक, गीत-संगीत कर्मीको रूचिलाई ध्यानमा राख्दै ‘प्रशंसा’ नामक गीति संग्रहलाई जन्माए । पाठक श्रोता सम्म पुर्याउनका निम्ति एउटा गीति एलबुमको सुरुवात सोहि संग्रहका गीतबाट कम्मर कसेर लागि परेका छन् न्यौपाने अहिले । पाठक र श्रोताबाट प्रतिक्रियाको अपेक्षा गरेको छन् र आउँदा दिनहरूमा रोचकिला गीतहरू पस्कने प्रतिवद्धता पनि जनाएका छन् ।

Loading...