श्रेया राईको स्वरमा “ढुङ्गा पनि देउता” सार्वजनिक
काठमाडौ – भोइस अफ नेपाल सिजन एक बाट चर्चामा आएकी गायिका श्रेया राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । “ढुङ्गा पनि देउता’ बोलको गीत श्रेया राईको स्वरमा सार्वजनिक भएको हो ।
द भोईस अफ नेपालमा इङ्ग्लिस गीत गाएर रक गायिका भनेर परिचय बनाएकी गायिका श्रेया राई रक गीतमा झैँ मेलोडियस गीतमा पनि उतिकै जम्ने गरेकी छन् । “ढुङ्गा पनि देउता” बोलको गीत पनि अत्यान्तै मेलोडियस गीत रहेको छ ।
सार्वजनिक उक्त गीतको शब्द रचना रोवार्ड राईले गरेका हुन् भने यो गीतमा चर्चित संगीतकार तथा गायक सुनिल राईले संगीत गरेका छन् । एरेन्ज भने राजु कार्कीले गरेका हुन् ।
पछिल्लो समयमा गायक भन्दा संगीतकारको परिचय बनाउदै आएका सुनिल राई संगीत तिरै जम्दै गएका पनि छन् ।
भिडियो यहाँ हेर्नुहोला