‘दुईवटा मुटु एउटै भएको रात’ (भिडियोसहित)

कार्तिक १३ काठमाडौ - दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘दुईवटा मुटु एउटै भएको रात’ सार्वजनिक भएको छ । भिडियो गीतकार सुखकला राईको युटुब च्यानलबाट सार्वजनिक भएको हो । गायक तथा संगीतकार कृष्णभक्त राईको स्वरमा ‘दुईवटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियोमा गायक स्वयंको संगीत छ रहेको छ । गीतकार तथा छायाँकार राज बान्तावाको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन र देवाहाङ राईले अभिनय गरेका…

आमा समर्पित गीत “हे आमा ” बिनोद बान्तावा राईको स्वरमा सार्वजनिक

काठमाडौ - संसारमा सबै भन्दा महान हुन्छिन् आमा, आमाको गुनगान जति नै गाए नि कमै हुन्छ । यस्तै आमाको गुनगान गाइएका थुप्रै गीतहरु लेखिए गाइए त्यसै क्रममा एउटा अर्को फेरि आमाकै गीत सार्वजनिक भएको छ । बिनोद बान्तावा राईको शब्द र स्वरमा बरिस्ठ संगीतकार प्राज्ञ शान्तिराम राईको सुमधुर संगीत भरिएको हे आमा बोलको गीतको लिप सिङ्ग भिडियो भर्खरै IME Media Nepal यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ । छिटै नै अफिसियल म्युजिक भिडियो पनि सार्बजनिक हुने तरखरमा रहेको उक्त गीतमा सङ्गीत संयोजन तथा मिक्सिङ राजु कार्किले गरेका हुन भने स्टुडियो…

नेपाली कला जगतमा आफ्नो भविष्य खोज्दै सुनिता

रसुवाली कवि / काठमाडौ - दोलखाकी सुनिता श्रेष्ठ अहिले नेपाली कला जगतमा आफ्नो भविष्य खोज्दैछिन् । सुमधुर स्वरकी धनी सुनिताले गाएका केही गीत बजारमा चर्चामा पनि छन् ।उनले अभिनय गरेको सर्ट मुभी पनि उतिकै रुचाइएको छ । यसबाट उनी ज्यादै उत्साहित छिन् । भन्छिन् मेरो रहर गायन र अभिनयमा हो । म आफ्नो भविष्य यहि क्षेत्रमा खोज्दैछिन् । सानै उमेरदेखि कलामा रुचि राख्ने उनी गायनबाट आफू चिनिएको बताउछिन । मेरो रोजाइ गायन हो ।अभिनय गर्न सक्छु गरेको छु ।मेरो परिचय नै गायिका र मोडेल हो । म केहि गरेर आफ्नो नाम राख्छु ।

सपना पुरा हुन् या नहुन् तर सपना ठुलो देख्नु पर्छ – ईशा

काठमाडौ - "मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन " यो वाक्य लक्ष्मी प्रसाद देवकोटाको "मुनामदन" लेखेका हुन् । यहि वाक्यलाई सामाजिक संजाल फेसबुकमा इशा परियारले आफ्नो वालमा बायोमा लेखेकी छन् । यसको अर्थ हो इसालाइ जातीय समाजको रित मन पर्दैन । मानिसले मानिसलाई भेदभाव गर्ने कुरा मन पर्दैन । समग्रमा जात प्रथा मन पर्दैन । अहिले उनी कलाकारितामा भविष्यमा खोज्दैछिन् । म्युजिक भिडियोहरुमा अभिनय गर्दैछिन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी ईशा आफूलाई डान्सरको रूपमा चिनाउछिन् । आफूले डान्समा राम्रो गर्न सक्ने उनको आत्म विश्वास पनि छ ।…

चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन काठमाडौँमा हुँदै

काठमाडौँ । चीन तथा दक्षिणी एसियाका स्रष्टाहरू काठमाडौँमा भेला हुँदै छन् । चीन तथा दक्षिण एसिया लिटरेचर फोरमको संस्थापक सदस्य नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौँमा आयोजना हुने दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलनमा चीन र सार्क मुलुकका स्रष्टाहरू भेला हुन लागेका हुन् । सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सका साहित्यकार भेला हुने सम्मेलन आयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताउनुभयो । कुलपति उप्रेतीका अनुसार…

आठ गजलकारको ‘सावाको सुसेली’

असोज २५ गते, काठमाडौँ । देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ । जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडले, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायतका अतिथिहरूद्वारा सार्वजनिक गरिएको हो । रावासावा प्राज्ञिक समाज नेपाल र सावा कला साहित्य…

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौ - सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् । सिन्धु पाल्चोक बाट काठमाडौं तर्फ फर्किदै गरेको बा २ ख १७२८ नंबरको यात्रु वाहक बस आज बिहान ९ बजे इन्द्रवाति गाउँपालिका १० भोटसिपा  मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो । दुर्घटनामा हुँदा सवारी चालक सहित ११ जनाको मृत्यु भएको छ भने ३५ जना भन्दा बढि घाइते भएको छ । बसमा सवार अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु रहेका थिए । बस सडकबाट अन्दाजी ६० मिटर भन्दा तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका…

सुमन राई र रामशोभा राईको “माझिमा दाईले” मा फुलन्देको आमा र आरुषी मगर (भिडियो सहित)

काठमाडौ - पूर्वेली लोक भाकाको "माझिमा दाईले" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वेलायतमा बस्दै आएकी गीतकार जानु काम्बाङ्ग लिम्बुको शब्द रचनामा रहेको उक्त गीतलाई वेलायतमै बस्दै आएकी अर्की गायिका रामशोभा राई र चर्चित गायक तथा संगीतकार सुमन राईको स्वरमा सार्वजनिक भएको हो । सार्वजनिक गीतको म्युजिक भिडियोमा, हाट बजार, मेला पातमा युवा युवतीहरु भेटेर रमाईलो गर्दै नाच गान गर्ने परम्परालाई झल्काउन खोजिएको छ । जहाँ युवाले युवतीलाई मेलामा भेटेर सोल्टिनी भन्दै जिस्किने इत्रिने देखाईएको छ । नेपाली गीत संगीतको क्षेत्रमा निक्कै लामो…

आदिवासी जनजाति महासंघद्धारा सहयोग

मलेसिया - आदिवासी जनजाति महासंघ मलेसियाले अस्पतालमा उपचारत एक नेपालीलाई सहयोग गरेको छ । मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेका फेदाप–१, तेह्रथुम निवासी निशान कुरुङवाङ दुबै मृगौला काम नलाग्ने भएर अस्पतालमा उपचाररत रहेकोमा अस्पतालले चाडो भन्दा चाडो नेपाल पठाएर बिरामीको परिवारसँग भेटघाट गराइदिन नेपाल दुतावासलाई आग्रह गरेकोमा दुतावासले बिरामीको उपचारार्थ लागेको अस्पतालको खर्च बेहोर्ने भएको छ भने बिरामीलाई नेपालसम्म जानको लागी हवाई टीकटको व्यवस्था नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले बेहोरेको छ । नेपाल राजदुतावासको आग्रहमा…

केशवले ल्याए ‘हितैको माया’

काठमाडौँ । महान् चाड दशैँको अवसर पारेर गायक केशव राईले ‘हितैको माया’ नामक तेस्रो गीतिएल्बम प्रकाशित गरेका छन् । विगत २५ वर्षदेखि गायनमा क्रियाशील राईले यसअघि ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम प्रकाशित गरिसकेका छन् । राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरिएको ‘हितैको माया’ गीतिएल्बमका गायक स्वयम् भने मकाउमा कार्यरत छन् । सेवा इन्टरटेन्मेन्टको ब्यानरमा गीतकार जीवन मुकारुङले संयोजन गरेको कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बू, विशेष अतिथिहरू गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङ, गीतकार टीका चाम्लिङ,…