नेपाली कला जगतमा आफ्नो भविष्य खोज्दै सुनिता
रसुवाली कवि / काठमाडौ – दोलखाकी सुनिता श्रेष्ठ अहिले नेपाली कला जगतमा आफ्नो भविष्य खोज्दैछिन् । सुमधुर स्वरकी धनी सुनिताले गाएका केही गीत बजारमा चर्चामा पनि छन् ।उनले अभिनय गरेको सर्ट मुभी पनि उतिकै रुचाइएको छ । यसबाट उनी ज्यादै उत्साहित छिन् । भन्छिन् मेरो रहर गायन र अभिनयमा हो । म आफ्नो भविष्य यहि क्षेत्रमा खोज्दैछिन् ।
सानै उमेरदेखि कलामा रुचि राख्ने उनी गायनबाट आफू चिनिएको बताउछिन । मेरो रोजाइ गायन हो ।अभिनय गर्न सक्छु गरेको छु ।मेरो परिचय नै गायिका र मोडेल हो । म केहि गरेर आफ्नो नाम राख्छु ।