आमा समर्पित गीत “हे आमा ” बिनोद बान्तावा राईको स्वरमा सार्वजनिक

0 1,004

काठमाडौ – संसारमा सबै भन्दा महान हुन्छिन् आमा, आमाको गुनगान जति नै गाए नि कमै हुन्छ । यस्तै आमाको गुनगान गाइएका थुप्रै गीतहरु लेखिए गाइए त्यसै क्रममा एउटा अर्को फेरि आमाकै गीत सार्वजनिक भएको छ ।

बिनोद बान्तावा राईको शब्द र स्वरमा बरिस्ठ संगीतकार प्राज्ञ शान्तिराम राईको सुमधुर संगीत भरिएको हे आमा बोलको गीतको लिप सिङ्ग भिडियो भर्खरै IME Media Nepal यु ट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

छिटै नै अफिसियल म्युजिक भिडियो पनि सार्बजनिक हुने तरखरमा रहेको उक्त गीतमा सङ्गीत संयोजन तथा मिक्सिङ राजु कार्किले गरेका हुन भने स्टुडियो किङमा मनोज साङ्सोन राईद्वारा रेकर्ड गरिएको हो ।

यस भिडियो खोपी इन्टरटेन्मेन्टका सुमन मगरले खिचेका हुन । यो गीतको चाइल्ड भर्सन मनिस लिम्बुको स्वरमा रहेको छ ।

गीतको लिप सिङ्ग भिडियो यहा हेर्नुहोला

Loading...