आदिवासी जनजाति महासंघद्धारा सहयोग

0 748

मलेसिया – आदिवासी जनजाति महासंघ मलेसियाले अस्पतालमा उपचारत एक नेपालीलाई सहयोग गरेको छ । मलेसियामा अवैधानिक रुपमा बसोबास गरिरहेका फेदाप–१, तेह्रथुम निवासी निशान कुरुङवाङ दुबै मृगौला काम नलाग्ने भएर अस्पतालमा उपचाररत रहेकोमा अस्पतालले चाडो भन्दा चाडो नेपाल पठाएर बिरामीको परिवारसँग भेटघाट गराइदिन नेपाल दुतावासलाई आग्रह गरेकोमा दुतावासले बिरामीको उपचारार्थ लागेको अस्पतालको खर्च बेहोर्ने भएको छ भने बिरामीलाई नेपालसम्म जानको लागी हवाई टीकटको व्यवस्था नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले बेहोरेको छ ।

नेपाल राजदुतावासको आग्रहमा महासंघले पीडितलाई चाडो भन्दा चाडो टीकट उपलब्ध गराइदिएर बिरामीलाई नेपाल पठाउन सहयोग गरेकोमा नेपाल राजदुतावासका सहायक राजदुत मोति श्रीस मगरले महासंघको टीमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Loading...