सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौ – सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् । सिन्धु पाल्चोक बाट काठमाडौं तर्फ फर्किदै गरेको बा २ ख १७२८ नंबरको यात्रु वाहक बस आज बिहान ९ बजे इन्द्रवाति गाउँपालिका १० भोटसिपा मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।
दुर्घटनामा हुँदा सवारी चालक सहित ११ जनाको मृत्यु भएको छ भने ३५ जना भन्दा बढि घाइते भएको छ । बसमा सवार अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु रहेका थिए । बस सडकबाट अन्दाजी ६० मिटर भन्दा तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलिसकेको छैन ।
गम्भिर घाईतेहरुको उद्दारको लागि प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकप्टर लिएर घटना स्थल पुगि सकेका छन् । अन्य घाईतेहरुलाई भने विभिन्न अस्पतालमा उपचारर्थ लगिदै छ । भने अझै विस्तृत विवरण सङ्कलन भई नसकेको जनाईएको छ ।
