पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक

0 194

काठमाडौं – पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित “आनी याक्थुङ्बा तीन” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रुद्र पाहिमको शब्द रचनामा सुनिता थेगिम र सुमन लिम्बूको स्वर रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा प्राज्ञ अशोक लोहरुङले एरेञ्ज तथा संगीत गरेका छन् ।

म्युजिक भिडियोलाई दिनेश माङमु लिम्बूले निर्देशन गरेका छन्। मुकेश हुमागाइले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

“आनी याक्थुङ्बा – ४”

त्यसैगरी पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बुकै अभिनय रहेको अर्को म्युजिक भिडियो “आनी याक्थुङ्बा – ४” पनि सार्वजनिक भएको छ।

“आनी याक्थुङ्बा – ४” मा सुमन लिम्बू , निरन्ता नेम्बाङ, गंगा फियाक लिम्बु र भिम सेनेले स्वर दिएका छन् । उक्त गीतमा नेम खापुङ लिम्बूको शब्द रहेको छ भने संगीत यादन नुनाम शेर्माको र छायांकन र सम्पादन बिबी लिम्बूले गरेका छन् ।

दिनेश माङमुको निर्देशन रहेको भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ (चाप्पेतिको आमा) , राज सुब्बा ,जानु लिम्बू , हेमु स्मृति चोङबाङ , शिब कुमार सम्बाहाङफे, रुपाञ्जली तिलिङ, पेज राज माबुहाङ ,सुमन लिम्बू र पुष्पा दिवानी तिगेलाले अभिनय गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

भिडियो कुराकानी

Loading...