सुनिता थेगिमको संगीतमा मेलिना राई र सुनिता थेगिमको लिम्बु गीत “निङवा पाङसिङलो” सार्वजनिक

0 1,069

काठमाडौ – चर्चित गायिका मेलिना राईसुनिता थेगिमको स्वरमा लिम्बु गीत “निङवा पाङसिङलो” सार्वजनिक भएको छ। भौतिक पूर्वाधार तथा यातायात पुर्व मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा एक कार्यक्रम गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

हजारौ गीतहरु रेकर्ड गरिसकेकी गायिका मेलिना राईको लिम्बु भाषामा भने यो पहिलो गीत रहेको छ। गीत रेकर्ड गर्दा शब्द उच्चारणमा केहि असहज भएपनि गीत उत्कृष्ट बनेको गायिका मेलिना राईले बताएकी छन्।

गायिका सुनिता थेगिमको संगीतमा रहेको उक्त गीत टिरआर सेनेहाङको शब्द तथा देवेस राइले एरेञ्ज रहेको छ। उक्त गीतको मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियोमा गायिकाद्वय मेलिना राई र सुनिता थेगिमलाई देख्न सकिन्छ ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोस

सार्वजनिक कार्यक्रम

Loading...