बबिना किराती र मबिन्द्र राईको “फूलले भन्छ” सार्वजनिक

0 3,249

काठमाडौ -चलचित्र “मट्टिमाला”को आईटम गीत “बेची दिन्थे यो जवानी, किन्ने कोहि भई दिए” बोलको गीतबाट सर्वाधिक चर्चामा रहेकी गायिका बबिना किरातीको अर्को गीत “फूलले भन्छ” सार्वजनिक भएको छ । गीतकार मणी भट्टराईको शब्द रचनामा रहेको गीत “फूलले भन्छ” लाई संगीतकार मबिन्द्र राईले संगीत गरेका हुन् ।

गायिका बबिना किरातीलाई यो गीतमा गायक तथा संगीतकार मबिन्द्र राईले साथ् दिएका छन् । गायक मबिन्द्र राईको “तिमी नभए सायद” “तर्कि तर्की” र “मायाले नौ डाँडा” जस्ता गीतहरु चर्चित छन् भने गायिका बबिना किरातीको “माथि माथि हिलामी भेगमा” लगायत थुप्रै नेपाली चलचित्रहरुमा आफ्नो स्वर भरिसकेकी छन् । यो गीतको एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् ।

सार्वजनिक म्युजिक भिडियोमा गाय स्वयम् मबिन्द्र राई र गायिका बबिना किरातीले नै अभिनय पनि गरेका छन् । गायिका बबिना किरातीको अभिनय रहेको यो दोस्रो म्युजिक भिडियो हो ।

मेघराज मगरातिको छायांकन रहेको यो म्युजिक भिडियोलाई मेघराजले नै सम्पादन पनि गरेका हुन् । यो म्युजिक भिडियोको निर्देशन भने दिनेश माङ्ग्मु लिम्बुले गरेका हुन् ।

 

Loading...