उदिम किरातीको गजलकृति ‘अर्को चोमोलुङ्मा’ सार्वजनिक
ललितपपुर । उदिम किरातीको गजलकृति ‘अर्को चोमोलुङ्मा’ सार्वजनिक भएको छ । लेखक तथा सांस्कृतिक अभियन्ता खुक्सङ खम्बु, गजलकार रुपक वनवासी, कवि राबत, सङ्गीतकार मण्डल साम्पाङ, सर्जकका आमा राममाया राई लगायतले कृति सार्वजनिक गरेका हुन् ।
रुपक वनवासीले कृतिबारे बोल्दै पहिलो सङ्ग्रहमा नै उदिमको राम्रो साधना देखिएको बताए । त्यसैगरी अर्का वक्ता खुक्सङ खम्बुले खोटाङस्थित रिब्जुङको साहित्य उत्थानमा उदिमको कृतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । आमा राममायाले छोराको प्रगतिप्रति खुसी व्यक्त गर्दै छोरालाई बधाई र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरिन् ।