तायाहाङ्मा राईको ‘सफलता’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – दर्जनौ गीतहरु गाएर चर्चामा आएकी गायिका तायाहाङ्मा राईको स्वरमा रहेको ‘सफलता’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा बरिष्ठ संगीतकार न्ह्यू वज्राचार्यको संगीत, प्रताप दिलुङ्छा राईको शब्द रहेको छ भने यस गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् । मिक्सिङ्ग मास्टरिङ्ग भने श्याम बाग्दाशले गरेका हुन् ।
अनुषा राई र कमल सिंहले अभिनय गरेको म्युजिक भिडियोलाई दिनेश माङमु लिम्बुले निर्देशन, बुद्ध थापाले छायाँकन तथा प्रकाश एस.के.ले सम्पादन गरेका छन्।
म्युजिक भिडियोमा आफ्नो प्रेमिका बिदेशिनु खोजेपछि प्रेमीले रोक्छ अनि प्रेमिकाको साथ र माया पाएपछि विदेश जाने सम्पुर्ण डकुमेण्ट च्यातेर प्रेमको सुन्दर संसारमा दुख शुख बाटेर संगै बाच्ने कसम खाएर प्रेमलाई सफल बनाएको देखाईएको छ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला