एक हप्तापछि काठमाडौको निषेधाज्ञा स्थिति हेरेर निर्णय हुने, अहिले के -के लाई छुट ?
काठमाडौ , भदौ ३ – उपत्यकामा निषेधाज्ञा लागु भएको एक हप्ता भएपछी, पुनः थप हुने वा नहुने बारेमा एक हप्ताको स्थिति विश्लेषण गरेपछि मात्रै अर्को निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।
बाहिरबाट मान्छे ठप्प पारेपछि उपत्यकाभित्रकालाई कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाएर परीक्षणको कुरालाई व्यापकता दिन सकियो भने सबै कुरा मिल्दै गए पुनः खुकुलो बनाउन सकिने तर, जब बाहिरबाट मान्छे ह्वार–ह्वारती आउँछन्, कन्ट्याक टे«सिङ पनि लथालिङ्ग हुन्छ । परीक्षणको काम पनि सीमित हुन्छ भने अन्यौतापूर्ण स्थिति हुन्छ । त्यसो भएमा निषेधाज्ञाको समय बढान सक्ने बताएका छन् ।
अहिलेसम्म विज्ञहरूले पनि हामी नियन्त्रणमै छौं भन्छन् तर, पनि यसमा प्रत्येक व्यक्ति नै सहज हुनुपर्छ । जुन देशको नागरिक स्वास्थ्य सावधानी अपनाउन सजग छ, त्यहाँ यो रोग पूरै नियन्त्रणमा छ । जुन देशमा अनुशासनहिनता देखिएको छ, त्यहाँ महामारी फैलिएको छ । त्यसो हुनाले मेरै, तपाईंकै आमनागरिकै हातमा नियन्त्रणको कुरा रहेको बताउदै, सबैलाई सजग रहन पनि आग्रह गरेका छन्।
के -के लाई छुट ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।
एम्बुलेन्स-शव वाहन-दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँने बताईएको छ ।