दान राई “झरी”को शब्द रचनामा “यो मान्छेको भिड भित्र” बोलको गीत सार्वजनिक
काठमाडौ – गीतकार दान राई “झरी”को शब्द रचनामा “यो मान्छेको भिड भित्र” बोलको गीत सार्वजनिक भएको छ । साहित्य लेखनमा निक्कै राम्रो दख्खल राख्ने झरीले यो गीतको शब्द रचनामा प्रेम र वियोगलाई गीत दर्शाएका छन् ।
सार्वजनिक “झरी” को यो गीतमा गायिका रश्मि राईको स्वर रहेको छ भने संगीत र एरेन्ज पुस्कर सुनुवारले गरेका हुन् । मिक्सिङ्ग र मास्टरिङ्ग पनि सुनुवारले नै गरेका हुन् ।
यो गीतको म्युजिक भिडियो पनि निक्कै राम्रो बनेको छ । यो गीतको म्युजिक भिडियोमा चर्चित कलाकार फुलन्देको आमा (उमेश राई)ले शसक्त अभिनय गरेका छन् भने, सुरज राई (खुइले डन), रश्मि राईले अभिनय गरेका छन् । यो म्युजिक भिडियोमा नव प्रतिभाको रुपमा मुना राई देखिएकी छन् । मुना राई मिस नेसनल आईकन २०१९ को थर्ड रनर अप हुन् ।
गीतकार दान राई “झरी” को आफ्नै निर्देशन रहेको यो म्युजिक भिडियोलाई जोहन राईले छायांकन गरेका हुन् भने, सम्पादन र कलरिङ्ग पनि जोहन राईले नै गरेका हुन् ।
म्युजिक भिओडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला