हेन्खामा सुच्चा राईले ल्याईन् “महशुस”
काठमाडौ – नव गायिकाको रुपमा हेन्खामा सुच्चा राई “सजना” उदाएकी छन् । “महशुस” बोलको गीत सार्वजनिक गरेर हेन्खामा सुच्चा राई गायिकाको रुपमा उदाएकी हुन् ।
यो गीतलाई पहिला बहु चर्चित गायक राजेश पायल राईले मेल भर्सनमा रेकर्ड गरेर बजारमा ल्याई सकेका थिए । दर्शकले रुचाएपछि सोहि गीतलाई फिमेल भर्सनमा रेकर्ड गरिएको हो । फिमेल भर्सन हेन्खामा सुच्चा राईको स्वरमा रेकर्ड भएको गीत पनि, निक्कै उत्कृष्ट बनेको छ ।
सार्वजनिक गीत “महशुस” को शब्द रचना बिमला हुमागाईंले गरेकी हुन् भने, मनोज साङ्गसोनले यो गीतलाई संगीत गरेका हुन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग राजु कार्कीले गरेका छन् ।
अहिले स्टुडियो लिप सिङ्ग भिडियोमा सार्वजनिक गरिएको छ । लिप सिङ्ग भिडियोलाई जस्केलो क्रियसनले तयार पारेको हो ।
गीत सुन्नलाई यहाँ क्लिक गर्नुहोला