“म्युजिक हाईलाईट” को बार्षिक उत्सवमा देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ सार्वजनिक

0 882

काठमाडौ – “म्युजिक हाईलाईट” को पहिलो बार्षिक उत्सवको अवसर पारेर गायिका देशु गोलेको ‘जोडौ जोडौ लाग्दैछ घर’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द र स्वर गायिका देशु गोलेकै रहेको छ । संगीत भने अर्जुन पोख्रेलले गरेका छन् ।

“म्युजिक हाईलाईट” वार्षिक उत्सव पारेर सार्वजनिक गरिएको देशु गोलेको म्युजिक भिडियोलाई गायिका देशु गोलेकै युट्युव च्यानलबाट बाहिरा सार्वजनिक गरिको हो । म्युजिक भिडियोलाई राष्ट्रयगानका रचनाकार एवं साहित्यकार प्रदीपकुमार राई (व्याकुल माइला) ले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा आरुशी मगर र कजिस श्रेष्ठले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोको निर्देशन भने नेत्र किराँतीले गरेका हुन् ।

प्रमुख अतिथि समेत रहेका राईले गायिकालाई सफलताको शुभकामना सहित निरन्तरताको लागि आग्रह गरेका थिए । गायिका गोलेले तामाङ सेलो, आधुनिक, पप लगायत धेरै विधाका गीतहरुमा स्वर भरिसकेकी छन् ।

“म्युजिक हाईलाईट” को पहिलो बार्षिक उत्सव कार्यक्रममा चर्चित व्याक्ति व्याक्तित्वहरु लगायत सयौ अन्यको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई खादा र कदर पत्रले सम्मान पनि गरिएको थियो ।

सार्वजनिक गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...