Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
प्राज्ञ अशोक राईले एक वर्षमा गरेका केही प्रमुख कार्य
२६ माघ २०७६ काठमाडौँ । सङ्गीतकार अशोककुमार राई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्यका रूपमा नियुक्त भएर पदबहाली गरेको पुस २१ गते एक वर्ष पूरा भयो । नेपाली सुगम सङ्गीतका क्षेत्रमा छुट्टै ख्याति कमाएका सङ्गीतकार राई लोकप्रिय र चर्चित साङ्गीतिक समूह अन्तराका प्रमुख पनि हुन् । प्राज्ञ हुनुअघि उनले यस समूहमार्फत् देश तथा विदेशमा थुप्रै साङ्गीतिक प्रस्तुति दिइरहन्थे । सङ्गीत सृजना, सङ्गीत संयोजन र प्रस्तुतिमा व्यस्त भइरहन्थे तर प्राज्ञ भएपछि उनले प्रज्ञा–प्रतिष्ठानलाई पूरै समय दिइरहेका छन् ।
सधैँ…
रावासावा प्राज्ञिक समाज नेपालको सम्मान तथा पुरस्कार घोषणा
काठमाडौ- रावासावा प्राज्ञिक समाज नेपालको सम्मान तथा पुरस्कार घोषणा कार्यक्रम बारे एक विज्ञप्ति जारि गरेर समाजले सार्वजनिक गरेको छ ।
रावासावा प्राज्ञिक समाज नेपालको माघ २२ गते बसेको बैठकले यस वर्सको रावासावा सम्मान , रावासावा कमलाभक्त पुरस्कार तथा रावासावा बोलराज - सुशीला कला पुरस्कार देहाय बमोजिमका व्यक्तित्वहरुलाई समर्पण गर्ने निर्णय गरेको ब्यहोरा विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
सम्मान तथा पुरस्कार निम्न बमोजिम हुने
(क ) रावासावा सम्मान -२०७६
१, साहित्यकार / चिन्तक श्री रक्ष राई ( साहित्य तर्फ )
२, साहित्यकार तथा…
धनकुटाकी सुमित्रा राईलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौ - आर्थिक अभावमा उपचार गराउन नसकेकी धनकुटाकी सुमित्रा राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । धनकुटाको
शाहिदभूमि गाउपालिका वडा नं ५ खोकुकी ३३ बर्षिय सुमित्रा राईको उपचारको लागि दुई लाख, बयालीस हजार छ सय छैसट्ठी रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
विगत छ बर्ष देखि कोरियामा बस्दै आएका पूर्ण किरातीको पहलमा कोरियामै रहेका नेपालीहरु बाट उक्त सहयोग रकम संकलन गरिएको सहयोग संयोजक पुर्ण राईले हामीलाई जानकारी गराएका छन् । सुमित्र राईको मुटुको समस्या रहेको छ । सुमित्र राईको मुटुको भल्व फेर्नु पर्ने उपचारमा संलग्न…
थाईलाण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन
थाइल्याण्ड - नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाईलाण्डमा बुधबार साँझ ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको हो ।
द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी…
पठन अवरोधन एवम् सांस्कृतिक अनुवाद सम्बन्धी विचारगोष्ठी
२०७६ माघ, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा माघ ३ गते शुक्रबारका दिन ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद केही दृष्टान्त एवम् परिचर्चा’ विषयक अनुवाद सम्बन्धी विचारगोष्ठीको आयोजना गरियो ।
गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अनुवादले नै एक भाषाबाट अर्को भाषालाई जोड्ने भएको हुँदा त्यो सम्प्रेषणीय हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले असमका नेपाली लेखकहरूले आफ्नो पितृभूमिको भाषामा…
चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु
काठमाडौ - चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो ।
छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । सौगात र सृष्टीसँगै चलचित्रमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह…
काठमाडौंको बौद्धमा गोली चल्यो
काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा भनेर चिनिएका विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको जनाईएको छ ।
‘विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको प्रहरी टोलीले तामाङलाई भेटेपछि भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो बताईएको छ । अहिले उपचारको लागि वीर हस्पिटलमा लगिएको छ ।
प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा…
मन्त्री नेम्बाङद्वारा राँके–रवि–भेडेटार सडकको स्थलगत अनुगमन
२०७६ पुस, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ आफ्नो मन्त्रालय अन्तरगतका कामहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्रिय रूपमा लागिपरेका छन् । यसै क्रममा उनले पूर्वी पहाडी जिल्लाहरू जोड्ने निमर्काणाधिन राँके–रवि–भेडेटार सडकको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणको काममा ढिलासुस्ती आएपछि मन्त्री नेम्बाङ आफैँ स्थलगत अनुगमनमा पुगेका हुन्् । अनुगमनका क्रममा उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, स्थानीयबासी र सरोकार पक्षसँग छलफल गरेका छन् भने समयमै काम सक्ने वातावरण बनाउन पाँचथर, इलाम र धनकुटाका प्रमुख जिल्ला…
प्रेस सेन्टर नेपाल प्रदेश तीनको भेला भव्य रुपमा सम्पन्नः अध्यक्षमा सुमन वाङदेल (विज्ञप्ति सहित)
गोविन्दराज नाथ- काठमाडौं । प्रेस सेन्टर नेपाल प्रदेश तीनको आयोजनामा काठमाडौंमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भेलाबाट पत्रकार सुमन वाङदेलको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित भएका छन् ।
नव निर्वाचित कमिटिको सचिवमा अरुणा मानन्धर, सदस्यहरुमा गोविन्दराज नाथ, शर्मिला तामाङ, शान्ति नाछिरिङ, सुनिल बानियाँ, सुनिल कुँवर, सरिता गुरुङ, सुदिप जेरुङ, अर्जुन बिष्ट, बिष्णु विश्वकर्मा, विशाल अधिकारी, सुवास बिष्ट, धौलाधन राई कान्छा लगायत रहेका छन् ।
कार्यक्रम पत्रकार सुमन वाङ्देलको…
नवल खड्का राष्ट्रवादी नायकको रुपमा सम्मानीत
काठमाडौ - नायक तथा निर्माता नवल खड्का राष्ट्रवादी नायकको रुपमा सम्मानीत भएका छन् । प्रदेश नं ५ का माननीय सभामुख पूर्ण बहादुर घर्तीद्वारा उद्घाटन गरिएको "बुध्द, सरयू चलचित्र महोत्सव २०७६" मा नायक तथा निर्माता नवल खड्कालाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रवादी नायक, सम्मान २०७६ ले सम्मानित गरिएको हो ।
कार्यक्रममा प्रदेश नं ५ का माननीय सभामुख, पूर्ण बहादुर घर्ती र माननीय सांसदज्यूहरू दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी, ईन्द्रजित थारू, प्रमुख जिल्ला अधिकारी लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निर्देशक नवीन…