रावासावा प्राज्ञिक समाज नेपालको सम्मान तथा पुरस्कार घोषणा
काठमाडौ- रावासावा प्राज्ञिक समाज नेपालको सम्मान तथा पुरस्कार घोषणा कार्यक्रम बारे एक विज्ञप्ति जारि गरेर समाजले सार्वजनिक गरेको छ ।
रावासावा प्राज्ञिक समाज नेपालको माघ २२ गते बसेको बैठकले यस वर्सको रावासावा सम्मान , रावासावा कमलाभक्त पुरस्कार तथा रावासावा बोलराज – सुशीला कला पुरस्कार देहाय बमोजिमका व्यक्तित्वहरुलाई समर्पण गर्ने निर्णय गरेको ब्यहोरा विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
सम्मान तथा पुरस्कार निम्न बमोजिम हुने
(क ) रावासावा सम्मान -२०७६
१, साहित्यकार / चिन्तक श्री रक्ष राई ( साहित्य तर्फ )
२, साहित्यकार तथा पुर्व शिक्षक श्री शुभशेर राई ( शिक्षा तर्फ)
३, पुर्व शिक्षक तथा उपन्यासकार श्री गणेश अधिकारी ( शिक्षा तर्फ)
४, पुर्व शिक्षक भोलाहरी धिताल ( शिक्षा तर्फ )
५,साहित्यकार / राजनीतिज्ञ तथा समाजसेवी श्री बिस्णु आभुषण ( समाजसेवा तर्फ )
६, राजनीतिकर्मि तथा समाजसेवी श्रीमती कुमारीकृष्ण राई ( नारी जागरण तर्फ )
( ख )रावासावा कमलाभक्त पुरस्कार -२०७६
१, साहित्यकार / अन्वेषक श्री नगेन्द्रराज रेग्मी ( साहित्य तर्फ )
२, गायक / संगीतकार श्री शिवसंगम राई ( संगीत तर्फ )
( ग ) रावासावा बोलराज सुशीला कला पुरस्कार -२०७६
१, साहित्यकार / कलाकार ज्ञानेन्द्र विवश
उल्लेखित सम्मान तथा पुरस्कार यहीँ फागुन २४ गते काठमाडौमा एक भब्य समारोह आयोजना गरि समर्पण गरिने समाजको विज्ञप्तिमा जनाएको छ ।
रावासावा कमलाभक्त पुरस्कार शिक्षक दम्पती कमलाराज भण्डारी तथा भक्तराज भण्डारीद्वारा यश अघि नै स्थापना भई प्रदान गरिदै आएकोमा यस वर्षा देखि शिक्षा मन्त्रालयका उपसचिवबाट सेवा निवृत्त भएका बोलराज खनाल तथा श्रीमती शिक्षिका सुशीला खनालद्वारा रावासावा बोलराज सुशीला कला पुरस्कार स्थापना गरिएको छ । यी सबै पुरस्कार / सम्मान प्रत्येक दुई बर्षमा प्रदान गरिने समाजका महा सचिव चन्द्र रानाहँछा र अध्यक्ष धन प्रसाद सुवेदीले बताएका छन् ।