धनकुटाकी सुमित्रा राईलाई आर्थिक सहयोग हस्तान्तरण

0 1,092

काठमाडौ – आर्थिक अभावमा उपचार गराउन नसकेकी धनकुटाकी सुमित्रा राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । धनकुटाको
शाहिदभूमि गाउपालिका वडा नं ५ खोकुकी ३३ बर्षिय सुमित्रा राईको उपचारको लागि दुई लाख, बयालीस हजार छ सय छैसट्ठी रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

विगत छ बर्ष देखि कोरियामा बस्दै आएका पूर्ण किरातीको पहलमा कोरियामै रहेका नेपालीहरु बाट उक्त सहयोग रकम संकलन गरिएको सहयोग संयोजक पुर्ण राईले हामीलाई जानकारी गराएका छन् । सुमित्र राईको मुटुको समस्या रहेको छ । सुमित्र राईको मुटुको भल्व फेर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।

पुर्ण राईको अभियानलाई साथ् दिदै, रोमानीयमा रहेका नेपालेहरु बाट पनि आर्थिक सहयोग प्रप्त भएको छ । मुटु पिडित सुमित्र राईको यहि माघ २८ गते शहिद गंगालाल राष्टिय ह्दय केन्द्र काठमाण्डौमा अप्रेशन हुने बताईएको छ ।

Loading...