नेपाल् ट्रेड युनियन कांग्रेस (NTUC)गठन

0 757

मलेशिया संवाददाता / मलेसिया – नेपाली कांग्रेस जनसम्पर्क समिति मलेसियाको प्रमुख आयोजनामा कांग्रेस निकट विशेष गरि मलेसियामा कार्यरत रहेका नेपाली श्रमिकहरुको निम्ति काम गर्न “श्रमको सम्मान गरौं /श्रम शक्ति नै राष्ट्रको शक्ति हो” भन्ने मुल नाराको साथ नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) राष्ट्रिय समिति काठमाडौं नेपालको तदर्थ समिति गठन भएको छ।

कांग्रेस जनसम्पर्क समिति मलेसियाको अध्यक्ष चोलाकान्त पङ्गेनीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली राजदुतावास मलेसियाका द्धितिय सचीव प्रेमराज गौतम ,विशेष अतिथि एन.आर.एन.ए मलेसियाका उपाध्यक्ष टेक बहादुर थापा,नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाको महासचिव सबिन लोप्चन तामाङ ,,अतिथिहरुमा आदिवासी जनजाती पत्रकार महासंघ शाखा मलेसियाको अध्यक्ष सुनाखरी मगर,प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक तथा पत्रकार आर एन चौधरी थारु ,नेपाली प्रवासी सेतोरियो कराते संघ मलेसियाको प्रतिनिधि,पत्रकार दिप खादी लिम्बू ,साहित्यकार,श्रमिकहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो।

समितीका महामन्त्री योगेन्द्र कोईरालाले सञ्चालन गरेको सो कार्यक्रमको उद्घाटन सभापति चोलाकान्त पङ्गेनी ,प्रमुख अतिथि प्रेमराज गौतम ,विशेष अतिथीले संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए भने स्वागत मन्तव्य अस्मिता सुवेदी शर्माले राखेकी थिईन् ।

योगेन्द्र प्रसाद कोईरालाको संयोजजत्वमा ९ सदस्यीय तदर्थ समिती गठन भएको छ । जसको सह-संयोजकमा हरि कोईराला रहेका छन् भने सदस्यहरुमा क्रमश:-गणेश राउत ,सन्तोष प्रकाश रिजाल ,अस्मिता सुवेदी शर्मा,दिपक अधिकारी ,राजेन्द्र प्रसाद साह,डम्बर ओखडा र संरक्षकमा चोलाकान्त पङ्गेनी रहेका छन् ।

कार्यक्रममा उपस्थित सभापति,प्रमुख अतिथि,विशेष अतिथि लगायत सम्पुर्ण अतिथि महानुभावहरुले गठनमा परेका सम्पुर्ण नयाँ नयाँ कार्यसमिती सदस्यहरुलाई मन्तव्यको क्रममा बधाईको साथै सफल कार्यकालको निम्ति शुभकामना दिएका थिए ।

Loading...