“खुर्सानी डल्ले”मा विल्सन,रेखा, रामचन्द्र,सुरवीर,अरुणा, कुल्फिवाला एकैसाथ (भिडियो सहित)
ईन्द्र जिजीबिषा / काठमाडौ -चर्चित गायक भिषण मुकारुङको ‘खोर्सानी डल्ले’को म्युजिक भिडियो सार्वजानिक भएको छ । किरात संस्कृतीको सेरोफेरोमा रहेर निर्माण गरिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । “खोर्सानी डल्ले” पुर्वेली ठेट लोक भाकामा रहेको छ ।
भिषण मुकारुङकै शब्द, संगीत, स्वर रहेको उक्त म्युजिक भिडियो निक्कै राम्रो बनेको छ । यो गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् । सुदुर पुर्व तिर परम्परादेखि चल्दै आएको संस्कृतिलाई जस्ताको त्यस्तै सर्लक्कै देखाईएको उक्त म्युजिक भिडियोमा हाँस्य कलाकार वील्सन बिक्रम राई, अरुणा कार्की, रेखा लिम्बु, ‘कुल्फीवाला’ भनेर चिनिएका मनकुमार राई, सुरवीर पन्डित, रामचन्द्र अधिकारीले अभिनय गरेका छन् ।
म्युजिक भिडियोमा विल्सन र अरुणा रोटि रक्सि र भाति कोशेली बोकेर ससुराली जादै गरेका हुन्छन् । उकालोमा विल्सनलाई रक्सि पिउन मन पर्छ । आफ्नो कठुवामा भएको रक्सि सकिएको हुनाले माथि सुक्रबारेमा पुगेर फाक्सा ( बंगुरको मासु) संगै रक्सि खुवाउने आस्वासन अरुणाले दिन्छिन् ।
सुक्रबारेमा पसल्नीको भूमिकामा रहेकी रेखा लिम्बु घुमाउने रोटि (सेल रोटि) छानुवा बेच्दै गरेकी हुन्छिन् । त्यहि नजिकैको चौतारीमा बसेर सारंगी बजाई रहेका हुन्छन् रामचन्द्र अधिकारी । सारंगी बजाउदै गीत गाउदा साहुनीको भूमिकामा रहेकी रेखा लिम्बुले बेचेको सेल रोटि खादै गर्दा विल्सन पसल्नी रेखा संग प्रेममा परेको कल्पनामा चुर्लुम्म डुब्छ । यहि सेरिफेरोमा देखिएका छन् सोझो र सरल भूमिकामा कुल्फिवाला (मन कुमार राई) अनि सनाई बजाउदै सुरवीर पण्डित देखा पर्छन् भने बाँसुरी बजाउदै देखा पर्छन् स्वयम् गायक भिषण मुकारुङ्ग पनि ।
धेरै जना कलाकारहरुको बेजोट प्रस्तुती रहेको उक्त म्युजिक भिडियो, विल्सनको कल्पनामा रेखालाई अँगालो हाल्नै लाग्दा अरुणाले हैन के गरेको भने पछि तर्सिएको विल्सन मायाले संसार थाम्दैन भन्दै बाटो लाग्छन् ।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको उक्त म्युजिक भिडियोकोलाई भारत रेग्मीले सम्पादन गरेका छन् । नृत्य / निर्देशन भने वील्सन बिक्रम राईले गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला