हुलाक टिकट हिनामिना गरेको अभियोगमा तिलबहादुर राई जेल चलान
सोलुखुम्बु – सोलु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वार्ड नं. ९ साबिक (लोखिम गा.बि.स.) का तिल बहादुर राईलाई सार्वजनिक हुलाक टिकट हिनामिना गरेको अभियोगमा जेल चलान गरिएको छ ।
तत्कालीन पञ्चायत कालमा तिलबहादुर राईले हुलाक टिकट हिनामिना गरेका थिए, भने उनलाई सोलुखुम्बु जिल्ला अदालतले दोषी ठहर गरि २ वर्ष कैद र १२८ रुपैया जरिवानाको फैसला गरेको थियो ।
तर पञ्चायत काल देखि अहिलेसम्म लुकिछिपि बस्दै आएका राईलाई केही साता अघि काठमाडौंको नारायणथानबाट पक्राउ गरि जेल चालन गरिएको हो ।