नेत्र किरातीको निर्देशनमा, प्रकृति थलङ्गको “आयो तिजैको लहर” म्युजिक भिडियो बजारमा
ईन्द्र जिजीबिषा- काठमाडौ – तिजको माहौलले झ्याप्पै छोपे संगै चर्चित गायिका प्रकृति थलङ्गले”आयो तीजैको लहर” बोलको तिज गीत ल्याएर बजारमा आएकी छन् । अत्यान्तै मिठो स्वरकी धनि गायिका प्रकृति थलङ्गले पछिल्लो पटक तिज गीत बजारमा ल्याएपछि व्यापक ब्यापक बन्दै गएको छ ।
थलङ्गको तिज गीतमा बुद्धराज राईको शब्द रचनामा तारा प्रकाश लिम्बुले संगीत गरेका छन् भने टेकेन्द्र याक्सोको एरेन्ज रहेको छ ।
मौलिक तिज गीत “आयो तिजैको लहर ” को म्युजिक भिडियोमा शेरबहादुर मगर, सजिना तामाङ्ग, सुक्मित र सुपर डान्स इन्डियाका उप विजेता आकाश थापाले अभिनय गरेका छन् ।

अजय रेग्मीको छायांकन र काजिश श्रेष्ठको कोरियो ग्राफमा तयार भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक नेत्र किरातीले निर्देशन गरेका छन् ।
यो गीतको म्युजिक भिडियो हेर्दा साच्चिकै बडो आनन्द आउने गर्छ । यो गीतको गायिकाको गायकी, गीतको शब्द, निर्देशन कला अभिनय र कोरियोग्राफ यो गीत राम्रो बन्नुको अर्को पाटो रहेको छ । यो गीतको म्युजिक भिडियोमा नाच्दै गाउदै रमाइलो गर्दै तिज मनाएको देखाईएको छ । यो गीतको म्युजिक भिडियोलाई म्युजिक हाइलाइट प्रा. लि. ले बजारमा ल्याएको हो ।
“आयो तीजैको लहर” को म्युजिक भिडियो यहाँ हेर्नुहोला