गृह मन्त्री वादललाई ईराकको सद्दाम हुसेन बनाईदैछ या बन्दैछन् ?
काठमाडौ – नेकपा माओवादीका संयोजक गोपाल किरातीले गृह मन्त्री वादललाई ईराकको सद्दाम हुसेन बनाईदै छ या बन्दैछन् भनेर प्रश्न गरेका छन् । देशमा पछिल्लो समयमा हत्या, हिंसा जस्ता अपराध बढे संगै गृह मन्त्रीको राजीनामाको चर्चा चलेपछि नेता किरातीले उक्त प्रश्न गरेका हुन् ।
नेता किराती भन्छन् ,१९९० को युद्धमा ईराकका तत्कालिन राष्ट्रपति सद्दाम हुसेनसँग ईसिएम प्रविधि थियो । जसले आउदै गरेको दुश्मनको जहाज ,त्यसको भार–क्षमता ,उचाई र गति समग्र बताउथ्यो र इराकी सेनाले अचुक निसाना मार्दै दुश्मनको जहाज खसालेर जित्थे । तर ईसिएमलाई निष्तेज तुल्याउने ईसिसिएम नामक प्रविधि विकास गरेर अमेरिकाले पुनः हमला गरेपछि,इराक पराजीत भयो ।
यस्तै, देशको गुप्तचर विभाग गृहमन्त्रीको आखाँ र कान हो । जो प्रधानमन्त्री खड्ग प्रसाद ओलीले खोसेर लगे । त्यसैबेला बादल विरुद्ध कार्वाहि भएको हो । यसरी बादल सद्दाम हुसेन बनाईदै छ या बन्दैछन् ? भनेर आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन् ।