विभिन्न कार्य योजना सहित “गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल” स्थापना

0 1,339

काठमाडौ- “गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल” को नेपालमा आधिकारिक संस्थाको स्थापना भएको छ । प्रथम र दोस्रो विश्वयुद्धका साथै विभिन्न युद्धमा गोर्खा सैनिकहरुले युद्ध लडेर ज्यान गुमाएका, अपाङ्ग र जीवितहरुको विवरण तयार पारेर युद्धमा सहादत प्राप्त गरेका गोर्खाली सेनाहरुको चिहान पहिचान गरि के-कस्तो अवस्थामा रहेको जानकारी लिन दिनको लागि यो संस्था स्थापना भएको बताईएको छ ।

ललितपुरमा बसेको भेलाले सितोरियो करातेका प्रशिक्षक र राष्ट्रिय खेलकुद समिति सानका उप-निर्देशक महेन्द्र कुमार राईको अध्यक्षतामा १ जना आमन्त्रित सदस्य सहित १४ सदस्यीय समिति गठन गरिएको हो ।

संस्थाको प्रेस विज्ञप्तिमा भनिएको छ ” गोर्खाली सेनाहरुले कुन समयदेखि, कुन कालदेखि त्यसरी अरुको निम्ति दिलोज्यान दिएर लड्दै आएका हुन् ? १९१४ देखि १९१८ सम्म भएको प्रथम विश्व युद्ध र १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्व युद्धमा गोर्खाली सेनाहरुले लडेका छन् । तर त्यहा कयौ गोर्खालीहरुले वीरगति प्राप्त गरे, कयौ अपाङ्ग भए त कयौ गुमनाम छन् ।”

तिनै हाम्रा वीर पुर्खाहरुको विवरण राख्न सन् २००९ मा हंगकंगमा बस्दै आएका नेपाली भाषीहरुले “गोर्खा सिमेट्रिज ट्रष्ट” नामबाट संस्थाको स्थापना गरि गोर्खा ईतिहासको बिषयमा केहि कार्यहरु अगाडि बढाइदै आएकोमा गोर्खालीहरुको मूल थलो नेपालमा पनि यो संस्थालाई संस्थागत गर्न आवश्यक भएकोले महेन्द्र कुमार राईको अध्यक्षतामा गठन गरिएको हो ।

“गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल” ले आगामी दिनमा प्रत्यक बर्ष अप्रिल ५ तारिक सेनाको सम्मानमा पुर्खा दिवस (गोर्खा दिवस) लाई पर्वको रुपमा मनाउदै विश्व भर रहेका नेपालीहरुलाई एकताको लागि संस्थागत र विकास गर्ने भएको छ ।

युद्धमा वीरगति प्राप्त गरेका गोर्खाली सेनाहरुको (चिहान) सनाखत हुन नसकेका गोर्खालीहरुको नामावली खोज, अनुसन्धान गरि अभिलेख राख्ने बताएका छन् ।

व्रेलायत, हंगकंग, अमेरिका, सिंगापुर,भारत,बर्मा लगायत अन्य राष्ट्रहरुमा छरिएर रहेर कार्यरत वा सेवा निवृत भई बसेका सेना र सेनाका परिवारको खोज गरि दस्तावेज तयार गर्ने पनि जनाएको छ ।

यस्तै विश्वमा नेपाली साहित्य, कला र संगीतको अनुसन्धान गरि सो को संरक्षण, सम्वर्द्धन र विकास गर्ने । विश्व गोर्खा ईतिहास र गोर्खाली विभुतीहरुलाई नेपालको पाठ्यक्रममा समेत समावेस गर्न अपहल गर्ने पनि उक्त संस्थाले जनाएको छ । गोर्खाली सैनिकहरु र तिनका सन्ततीहरुको यिगदानका बारेमा तिनका सन्ततीहरुलाई बताउने त विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिहरु गर्ने गराउने पनि उक्त संस्थाको उदेश्य रहेको बताएका छन् ।

महेन्द्र कुमार राईको अध्यक्षतामा नेपालमा गठन भएको १४ सदस्यीय समितिमा उपाध्यक्ष चन्द्र प्रकाश घर्ति मगर र विना देवी राई रहेका छन् । यस्तै महासचिवमा भोजानन्द राई र शान्ता माया परियार सचिवमा रहेका छन् । समितिको कोषाध्यक्षमा संचा कुमारी राई रहेकी छन् भने, सदस्यहरुमा सुरेन्द्र कुमार गुरुङ,मणि कुमार सुनुवार, मिना कुमारी राई,सुलभ मोक्तान,मिलन कुमार राई,संजय तुम्रोक,ध्रुव सुवेदी , र आमन्त्रित सदस्यमा फणिन्द्र पौडेल रहेका छन् ।

 

Loading...