“तिम्रै मायाले” मारुनी भाकाको म्युजिक भिडियो सार्वजनिक

0 1,190

काठमाडौ – गायिका सोनिया गोङ्बाको “तिम्रै मायाले” बोलको मारुनी भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । मारुनी भाका लोपोन्मुख भईरहेको स्थितिमा गायिका सोनिया गोङ्बाले मारुनी भाकालाई बजारमा ल्याएकी हुन् ।

चर्चित गीतकार डिपि खनालको शब्द रचनामा रहेको उक्त मारुनी भाकालाई योगेन्द्र उपाध्यायले संगीत गरेका हुन् । एरेन्ज भने विश्व अधिकारीले गरेका छन् ।

उक्त मारुनी भाकाको गीत ” तिम्रै मायाले” बोलको म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक/ क्यामेरा मेन जीबी लामाले छायांकन तथा निर्देशन गरेका छन् । बिना तामाङ्गको कोरियोग्राफिमा बासुकला र रोशनले अभिनय गरेका छन् ।

अत्यान्तै सरल र सहज ढंगले प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...