पर्दैन तारा खसाउनु भन्दै आइन् मनिता राई
काठमाडौ- चर्चित गायिका मनिता राईको “पर्दैन तारा खसाउनु” बोलको गजल सार्वजनिक भएको छ । यस भन्दा अगाडि “सिरुपाते खुकुरीको” चर्चित गीत गाएर चर्चामा पुगेकी गायिका मनिता राई चाम्लिङ्गले उक्त गजल सार्वजनिक गरेकी हुन् ।
गीतकार सुनिल दिप्त राईको शब्द रचनामा रहेको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् । यो गीतमा एरेन्ज पनि हरि लम्सालकै रहेको छ । गीतकार सुनिल दिप्त राई विगत लामो समयदेखि दक्षिण कोरियामा रहेर गीत लेखनमा सक्रिय रहेका छन् ।
छोटो समयमै नेपाली गीत-संगीतको क्षेत्रमा चर्चा कमाएकी गायिका मनिता राई आफ्नो सोलो एल्बमको तयारी छन् । त्यहि सोलो गीति एल्बम भित्र समेटिने “पर्दैन तारा खसाउनु” सार्वजनिक गरेकी हुन् । यहि एल्बममा रहने दुई वटा गीत भने यो भन्दा अगाडि नै रेकर्ड भई सकेको छ ।
आफ्नो सोलो एल्बममा गीतकार सुनिल दिप्त राईको एकल शब्द रचना रहने छ भने, हरि लम्साल,तारा प्रकाश लिम्बु,बशन्त सापकोटा, पुस्कर सुनुवार,र डिआर अटुको संगीत रहने छन् । उक्त सोलो एल्बममा सबै प्रकारको गीतहरु समेट्ने गायिका मनिता राईले बताएकी छन् ।
“पर्दैन तारा खसाउनु” को हाल स्टुडियो भिडियो सार्वजनिक गरिएको र यसको म्युजिक भिडियो पनि चाडै बजारमा ल्याउने गायिका मनिता अराईले बताएकी छन् । सार्वजनिक स्टुडियो भिडियोलाई आर्यन खड्काले खिचेका हुन् भने चन्द्र चौधरीले मिक्सिङ्ग गरेका हुन् ।