मलेसियामा एक नेपाली युवा बेपत्ता

0 1,143

मलेसिया – मलेसियामा बिगत १० महिना देखी एक नेपाली युवा ( हराएको ) बेपत्ता भएका छन् । शाहलामस्थित ( WCT Construction Sdn.Bhd) मा कार्यरत उदयपुर जिल्ला, सुन्दरपुर वार्ड नम्बर ४ निवासी प्रदिपकुमार चौधरी बेपत्ता भएक छन् ।

सोही कम्पनीमा संगै कार्यरत निजको साथी प्रकाश चौधरीले भने, “बिगत १० महिना पहिला हामी दुबैजना ड्युटी सकिएर रातीको समयमा दिनभरी काम गरेको थकान कमगर्न होटेलमा बसेर थोरै मदिरा सेवन गरेको केही समय पछि उ एक्लै छुट्टिएर घुम्दै फिर्दै रुम पुगेको र बाटोमा फ़ेरि बियर किनेर होस्टेल भित्र छिर्न खोजेको तर त्यहाँ कार्यरत नेपाली र मलायु सेक्युरिटी मध्य मलायु संग मादक पदार्थ बियर लिएर होस्टेल भित्र छिर्न हुनेकि नहुने भन्ने बिषयमा केही समय सम्म भनाभन भएको,लडाइ,झगडा परेको थियो । भोलिपल्ट बिहानै मलाई फेसबुकको म्यासेन्जरमा भोइस म्यासेजमा भनेका थिए ‘मेरो ड्युटी गर्ने कम्पनीको ड्रेस र जुत्ता कन्स्ट्रक्सन साइडमा ल्याइदिनु’ भनेर तर म त्यहाँ साइडमा जादा त्यहाँबाट उ बेपत्ता भैइसकेको थियो । त्यो दिनदेखी अहिले सम्म प्रदिप सम्पर्क बिहिन नै रहेको बताए” ।

यस बिषयमा चौधरी कार्यरत कम्पनी संग बुझ्दा ” हामीले पुलिस रिपोर्ट गरिसकेका छौ , खोजी कार्यजारी छ ।” भनेर जानकारी गराएको मलेसियास्थित नेपाली राजदुतावासमा समेत जानकारी लिन ( बुझ्न ) पुगेका नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी दिए । बेपत्ता प्रदिपकुमार चौधरी बिगत ५ बर्ष देखी सोही कम्पनीमा कार्यरत रहेका थिए।
बेपत्ता चौधरीलाई कोहि कसैले देखे भेटेमा यो नम्बरमा +६०१६३५६६७१९ / +६०१८३८७६०२९ खबर गर्न सकिने पनि जानकारी गराईएको छ छ ।

Loading...