गजल

0 714

लाउँछु भनेपछि लाउँछु कर, तैंले भनेर हुन्छ?
दुईतिहाईं छँदैछ के को डर, तैंले भनेर हुन्छ?

चुरीफुरी सेलाईदिन्छु आन्दोलनकारीहरुको
बन्दुकधारीहरुको छँदैछ भर, तैंले भनेर हुन्छ?

राजनीति भनेको भाषण हो गर्न ज्ञान चाहिन्छ
बिजुली र ग्याँसपाईप घरघर, तैंले भनेर हुन्छ?

हामीलाई हो करोडको गाडी तेरो औकात के छ ?
तँ मजदूरै होस् मजदूरी गर्, तैंले भनेर हुन्छ?

जनताको जातै किचकिचे जति दिए नि हुँदैन
तँ बटुको थाप् म खान्छु तर्, तैंले भनेर हुन्छ?
लाउँछु भनेपछि लाउँछु कर, तैंले भनेर हुन्छ?

लक्ष्मी प्रसाद घिमिरे

Loading...