रन्जिता लिम्बु र सुवास अभिनित चलचित्र “बैना”को “कसले रच्योहोला” गीत सार्वजनिक (भिडियो सहित)

0 1,936

काठमाडौ – नायिका रन्जिता लिम्बु र सुवास मेचे अभिनित चलचित्र “बैना”को “कसले रच्यो होला” बोलको गीत सार्वजनिक भएको छ । “अम्लारी फुङ्ग” “मिशन खेलाडी” “सुट” लगायत फ्लिमहरुमा अभिनय गरिसकेकी नायिका रन्जिता अभिनित पछिल्लो समयमा “बैना” रिलिजको क्रममा रहेको छ ।

दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका रन्जिता लिम्बु हाल निक्कै ब्यास्त पनि छिन् । कुनै पनि काम गर्दा मेहनत गरेर काम गर्ने र मिजासिलो भएकैले पछिल्लो समयमा निर्माता निर्देशकको आँखामा रन्जिता पर्ने गरेकी हुन् ।

सार्वजनिक गीतमा नायिका रन्जिता लिम्बुलाई नायक सुवास मेचेले साथ् दिएका छन् । सुवास मेचेले दर्जनौ नेपाली चलचित्रहरुमा अभिनय गरिसकेका छन् । संगीतकार विकास चौधरीको संगीतमा रहेको उक्त गीतलाई सुसन र सिमरानले स्वर दिएका छन् ।

चलचित्र “बैना” को यो गीतमा कमल राईको कोरियो ग्राफ र बिक्रम डिसीको सिनेमाटोग्राफ रहेको छ । राता थापा (किम्बे) ले सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई दिल प्रकाश चौधरीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...