दृष्टि बिहिन गायिका रेणुका राईको “अन्धकार भयो मेरी जीवन” बोलको गीत सार्वजनिक

0 1,970

काठमाडौ – अत्यान्तै मिठो स्वरकी धनि दृष्टि बिहिन गायिका रेणुका राईको स्वरमा “अन्धकार भयो मेरी जीवन” बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका रेनुकाकै जीवन भोगाईमा आधारित उक्त गीत हालै सार्वजनिक भएको हो ।

कोरियामा रहेर नेपाली साहित्य संगीतको सृजना गर्दै आएका गीतकार तथा संगीतकार चन्द्र लामा अनुरागको शब्द -संगीतमा रहेको उक्त गीतलाई बिक्रम कार्कीले एरेन्ज गरेका छन् ।

झापा जिल्लामा जन्मिएकी गायिका रेनुका राईको ९ बर्षकै कलिलो उमेरमा गलत औषधिको कारण आँखाको ज्योति गुमाएकी रेनुका राई जीवन गुजारा गर्न सडकमा गीत गाएर संघर्ष गर्दै आएकी थिईन् ।

गीतकार तथा संगीतकार चन्द्र लामा “अनुराग”ले गायिका रेनुका राईलाई सहयोग स्वरुप उक्त गीत रेकर्ड गराई दिएका हुन् । सार्वजनिक उक्त गीतलाई रेकर्ड र मिक्सिङ्ग भेनस स्टुडियोले गरेको हो भने उक्त भिडियोलाई नियोन क्रियसन स्टुडियोले खिचेको हो । गीतकार तथा संगीतकार चन्द्र लामा “अनुराग” विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरियाको अध्यक्ष पनि हुन् ।

Loading...