शितल केसीका शितल तस्विरहरु (फोटो फिचर)

0 1,923

काठमाडौ – नेपाली सिने जगतमा निक्कै लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका कलाकार हुन् शितल केसी । अर्घाखाँचीमा जन्मिएर बाल्यकाल त्यहि बिताएका शितल केसीले त्यहि बाट एसएलसी पनि गरेका हुन् ।

अर्घाखाँचीबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि बुटवल झरेका शितल केसीले बुटवल बाटै इन्टर मेडियट पास गरेका हुन् । सानो हुँदा टेलिभिजन समेत नहेरेका शितल केसीले कहिल्यै पनि आफू सिनेमाको हिरो बन्छु भन्ने सपना देखेका थिएनन् । गाउँमा जन्मी हुर्किएका शितल केसी सानो हुँदा नाच्न सम्म जानेका थिएनन् ।

बुटवल झरे पछि शहरको वातवरणले प्रभाव पार्दै गयो शितल केसीलाई । त्यतिबेला आफूलाई स्मार्ट र हिरो देखाउनलाई टाउकाको केश लामो-लामो पाल्नु पर्ने चलन थियो । त्यसैले शितल केसीले पनि केशलाई लामो पारेर हिड्न थाले । सानै देखि अग्लो हाईट, मिलेको गाठिलो शरीर उस्तै हाउभाउले गर्दा सबैले उनलाई हिरो भनेर बोलाउन थाले । यतिबेला शितल केसीलाई साच्चिकै आफू हिरै छु कि कसो भन्ने लाग्न थालेको थियो ।

बुटवलमा इन्टर पढाई सकेर ब्याचलर पढ्नको लागि काठमाडौ आएपछि उनको जिन्दगीले कोल्टे फेर्यो । काठमाडौ आएको केहि समय भित्रै निर्माता निर्देशकको आँखा शितल केशी माथि पर्यो । त्यसैले “गहना” “वंश” लगायतको टेली शृंखलामा काम गर्ने मौका पाए शितल केशीले ।

पहिलो पटक १४ हजार पारिश्रमिक पाएका उनले १२ हजारको टिभि किनेर २ बाँकी २ हजारको साथीभाईलाई पार्टि खुवाएका थिए । त्यसपछि उनले थुप्रै नेपाली चलचित्रहरुमा काम गरिसकेका छन् ।

शितल केसीको पहिलो चलचित्र ” जाल” हो । त्यसपछि “त्रिदेव” “मेरो राजेश दाई” “हाम्रो चेली” “गुनासो” लगायत २ दर्जन भन्दा बढि नेपाली चलचित्रहरुमा काम गरिसकेका छन् ।

साधरण जीवन यापन गर्न मन पराउने शितल केसीलाई कैलाश पर्वत घुम्न जाने रहर छ । देश भित्र र देश बाहिर कार्यक्रमको लागि धेरै ठाउँ पुगिसकेका शितल केसी धेरै म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् ।

हेर्दा राजेश हमाल जस्तै देखिने केसीलाई धेरै जनाले राजेश हमाल नै भनेर झुक्किने पनि गरेका छन् । तर पनि आफू कहिल्यै पनि राजेश हमाल जस्तो नभएको बताउछन् कलाकार शितल केसी ।

shital kc

Loading...