मेघनाको सुन्दरता फोटो फिचरमा

0 2,640

ईन्द्र जिजीबिषा / काठमाडौ – नेपाली मोडलिङ्ग क्षेत्रमा मोडल मेघना मगर चर्चित नाम हो । “मुटु माझैमा” “कम्ली कम्ली” “म यस्तो संसारमा” लगायत सयौ म्युजिक भिडियो बजारमा ल्याई सकेकी मोडल मेघना मगर वेल डान्स स्कुलको म्यानेजिङ्ग डाईरेक्टर (संचालिका) पनि हुन् ।

उनको नेतृत्वमा पछिल्लो समय डब्लु डि गाईज र डब्लु डि अडिसन नामक डान्सिङ्ग ग्रुप पनि संचालन गरि रहेकी छन् । विशेष गरेर हिपहप, बेली,बि-बोईङ्ग, डब स्टेप, कन्टेनपरी लगायत थुप्रै प्रकारका डान्सहरु वेल डान्स स्कुलमा सिकाईन्छ ।

meghnaसाहासी महिलाको रुपमा चिनिएकी मोडेल मेघना मगरले बन्जी जम्प समेत गरेकी छन् । धेरै चर्चामा आईरहने मोडल मेघनाको, असारको हिलोमा लतपतिएको फोटो निक्कै भाईरल बनेको थियो ।

नेपाली म्युजिक भिडियोमा मात्रै हैन, भोजपुरी म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन् मोडल मेघना मगरले । उनि एउटा डान्सर मात्रै नभएर म्युजिक भिडियो निर्देशक, कोरियो ग्राफर पनि हुन् ।

धेरै संघर्ष पछाडि आज यो स्थानसम्म आईपुगेकी बहु प्रतिभाको धनि कलाकार मेघनाको वाल्यकाल भने बुटवलमा बितेको थियो । पछि पद्मा कन्या क्याम्पसबाट उच्च शिक्षा हासिल गरेकी छन् मेघनाले ।

meghna magarअति नै मिलनसार मेघनालाई सादा जीवन नै उचित लाग्छ । खानामा प्रायजसो फलफूल मनपराउने मेघनालाई चाईनिज डिस र केएफसी पनि मिठो लाग्छ ।  शान्त र हरियाली मन पराउने मेघनलाई अन्नपुर्ण पदयात्रा हुदै थोरंग्ला पास सम्म र सगरमाथा आधार शिविर (माउण्ट एभरेष्ट सेकेण्ड बेस क्याम्प) सम्म जाने चाहना छ ।

meghnaआफूलाई कम्फोर्ट लाग्ने पहिरन जस्तो सुकै पनि लगाउन सकिन्छ भन्ने मान्यता राख्ने मेघना समाज हिजोको भन्दा आज बिस्तारै परिवर्तन हुदै गएको र भोलि झन् परिवर्तन हुने तर्क राख्छिन् ।

भविष्यको बारेमा अगाडि नै यसै हो भन्न नसकिने बताउदै सोचाई भने कलाकारितामै रहने रहेको सिलिचुङ्ग टिभिलाई बताएकी छन्

Loading...