सुनिता थेगिमको एकल स्वर र पारस मुकारुङको एकल संगीतमा “सेप्माङ “विमोचित (भिडियो सहित)

0 2,894

ईन्द्र जिजीबिषा / काठमाडौ – चर्चित गायिका सुनिता थेगिमको एकल स्वर र चर्चित संगीतकार पारस मुकारुङको एकल संगीतमा रहेको गीति एल्बम “सेप्माङ ” को विमोचन गरिएको छ । बरिष्ठ गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त गीति एल्बम विमोचन गरिएको हो ।

उक्त गीति एल्बममा स्वप्निल स्मृतको शब्द रचनामा “जुन जस्तै“,कविता राईको शब्द रचनामा “बतास संगै” शुभ मुकारुङको शब्द रचनामा “किन मैले” डुटिन्द्र चाम्लिङ्गको शब्द रचनामा “आकाश कुदे-कुदे जस्तो” प्रकाश थाम्सुहाङ्गको शब्द रचनामा “सेवारो सेप्माङ” गरेर जम्मा पाँचवटा गीतहरु समेटिएका छन् । उक्त गीति एल्बममा रहेका गीतहरुमा म्युजिक एरेन्ज भने, चन्दसिंह, नोर्बु शेर्पा र फनिन्द्र राईले गरेका छन् ।

sunita thegim
सुनिता थेगिम आफ्नो जन्मदिने बाबालाई नमन गर्दै

कार्यक्रममा प्रमुख अतिथि दिप श्रेष्ठ, वरिष्ठ संगीतकार बुलु मुकारुङ, वरिष्ठ गायिका कुन्ती मोक्तान, चर्चित गायक मेघा स्टार राजेश पायल राई, चर्चित कार्यक्रम प्रस्तोता दिनेश डिसी, भिषण मुकारुङ, गायिका सुनिता थेगिमको बाबा लगायतले “सेप्माङ” गीति एल्बम र गायिका सुनिता थेगिमको बारेमा बोलेका थिए ।

गायिका सुनिता थेगिम पछिल्लो समयका निक्कै नै उत्कृष्ट गायिका रहेको र उनको गायकी नेचुरल रहेकोले गर्दा गायिका सुनिता थेगिमको भविष्य सुन्दर रहेको वक्ताहरुले बताए । वक्ताहरु सबैले सार्वजनिक गीत र सुनिता ठेगीमकै वर्णन गर्नमै समय खर्चिएका थिए भने संगीतकार पारस मुकारुङ्गको पनि निक्कै प्रशंसा गरेका थिए । संगीतकार पारस मुकारुङले पनि निक्कै मेहनत गरेर निक्कै ओजिलो संगीत गरेका छन् ।थोरै गर्ने, ढिलो गर्ने तर राम्रो गर्ने पारसको भनाई थियो ।

केहि फरक ढंगले म्युजिक भिडियो पनि तयार पारिएको छ । स्वर सम्राट नारायण गोपालको झल्को दिने गरेर डबलिमा सम्पुर्ण वाद्य वादक कलाकारहरुलाई समेटेर लाईभ गाउदै गरेको म्युजिक भिडियो भएकोले हाल चलिरहेको म्युजिक भिडियोको ट्रेन भन्दा अलिकति फरक नै देखिएको छ ।

बाँकी भिडियोमा हेर्नुहोला


Loading...