खम्बु र किरातीको साकेला गीत म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)

0 3,074

binod khambuकाठमाडौ – चर्चित गायक तथा संगीतकार विनोद खम्बु र चर्चित गायिका बबिना किरातीको स्वरमा रहेको “सुम्निमा र पारुहाङ्गलाई सिरमा राखेर” बोलको साकेला विटको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।

चलचित्र “मट्टिमाला”को चर्चित आईटम गीत “बेची दिन्थे यो जवानी, किन्ने कोही भईदिए” लगायत थुप्रै चलचित्र र आधुनिक लोक पप गीतहरुमा स्वर दिएकी गायिका बबिना किरातीको साकेला बिटको भने यो पहिलो गीत बनेको छ ।

गायक तथा कम्पोजर बिनोद खम्बुको “तिमी ज्यान माग ज्यान माग ज्यान दिन्छु” जस्ता बहु चर्चित गीत लगायत सयौ चर्चित गीतहरु रहेका छन् ।

प्रेम कुवासुङ्ग राईको शब्द रचनामा रहेको “सुम्निमा पारुहाङ्ग सिरमा राखेर” बोलको गीतलाई खम्बु र किरातीले न्यायोचित ढंगले प्रस्तुत गरेका छन् । किरात राईहरुको महान चाड साकेलालाई लक्षित गरि तयार गरिएको म्युजिक भिडियो केहि दिन भित्रै बजारमा आउने गायक तथा संगीतकार बिनोद खम्बुले सिलिचुङ्ग टिभिलाई बताएका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा कलाकार स्वयम् बिनोद खम्बु, बबिना किराती लगायत अन्यले फिचरिङ्ग गरेका छन् भने उक्त म्युजिक भिडियोलाई कलाकार सिजन राई र गायक तथा संगीतकार सुमन राईले निर्देशन गरेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोला

Loading...