रमिला ग्याङमी मगरको रमाईलो पलहरु (फोटो फिचरमा)

0 2,358

ईन्द्र जिजीबिषा / काठमाडौ – विगत ७ बर्षदेखी सशस्त्र प्रहरीमा रहेर देश र जनताको सेवा गर्दै आएकी रमिला ग्याङमी मगर चर्चित गायिका पनि हुन् । करिब चार दर्जन भन्दा बढि गीतहरु बजारमा ल्याईसकेकी रमिलाको “घिन-घिन मादल” “सुस्तरी-सुस्तरी” लगायत थुप्रै चर्चामा रहेका छन् ।

हाल मास्टर डिग्रीमा अध्ययनरत रमिलालाई आफू सानो हुँदा, कतै गण पड्किदा पनि धेरै डर लाग्थ्यो । तर पछि त्यहि मेशिन गण समातेर आफूले ट्रेनिङ्ग गर्नु परेपछि त्यो डर सबै भागेको बताउछिन् ।

आफूलाई आफ्नो परिवारबाट राम्रो सपोर्ट पाई रहेको बताउने रमिला आज यो स्थानमा आईपुग्न आफ्नो परिवारकै रपोर्टले गर्दा यहाँ सम्म आईपुगेको बताउछिन् । “यो क्षेत्र धेरै हल्लै हल्लाको संसार हो र यहाँ धेरै यथार्त भन्दा बढि नकारत्मक टिका टिप्पणीहरु पनि गर्ने गरिन्छ । कलाकार भएपछी हरेक मान्छे संग भेट्नु पर्ने हुन्छ र हरेक ठाउँ पुग्नुपर्ने हुन पनि सक्छ । यस्तो अवस्थामा घर परिवार बाट कतिको सपोर्ट र साथ् पाउनु हुन्छ ?” भन्ने हाम्रो प्रश्नमा रमिला भन्छिन्, मेरो परिवार धेरै बुझ्ने हुनुहुन्छ । शिक्षित हुनुहुन्छ । यसैले हल्ला भन्दा बढि यथार्त कुराहरुमा मात्रै विश्वास गर्नु हुन्छ । यसैले मलाई कुनै समस्या छैन ।

आफ्नो स्वर जस्तै रमिला निक्कै सुन्दर पनि छिन् । साधरण खाना र साधरण पहिरन लगाउन रुचाउने रमिला मनाङ्ग मुस्ताङ्ग घुम्ने चाहना राख्छिन् । मुक्तिनाथ, कागबेनी हुदै अप्पर मुस्ताङ्ग सम्मको यात्रामा पारिवारीक टुरमा जाने उनको एउटा रहर छ ।

भविष्यमा पनि यहि क्षेत्रलाई निरन्तर दिने सोचाईमा रहेकी रमिलाले तत्कालै थुप्रै गीतहरु बजारमा ल्याउने तयारीमा रहेकी छन् ।

Loading...