काठमाडौं मेडिकल कलेज कर्मचारी संगठनमा नेकपाको विजय
काठमाडौ – नेकपाको एकतासँगै मेडिकल क्षेत्रका कर्मचारी संगठनहरुमा नेकपा समर्थित कर्मचारी संगठनले विजय प्राप्त गर्न थालेको छ । आज भएको कर्मचारी संगठनको निर्वाचनमा काठमाडौ मेडिकल कलेज सिनामंगलमा स्वतन्त्र रुपमा विजय हुँदै आएको संगठनलाई तोड्दै नेकपा निकट कर्मचारी संगठनद्वारा विजय हॉंसिल भएको छ ।
जम्मा खसेको मत. ६७० मध्ये ३७३ नेकपा निकट कर्मचारीको पक्षमा रह्यो भने, २९७ कॉंग्रेस निकटमा झर्यो ३ मत बद्दर भएको छ । उक्त कर्मचारी संगठनमा महेश राय अध्यक्ष सहित सबै प्यानल नै विजय भएका छन् ।
कम्युनिष्ट पार्टीले सुरु गरेको समृद्धि मार्फत समाजवादको प्रक्रियालाई विज्ञ डा. कर्मचारी संगठनले कम्युनिष्ट पार्टीलाई विश्वास लिएको बुझिन्छ । उक्त विजयसँगै आगामी सबै मेडिकल कलेजहरुमा विजय हुँदै जाने शुभ संकेत देखिएको छ ।