स्टाफ नर्स अध्यायन गरेकी गायिका तायाहाङ्गमाको फोटो चर्चा (फोटो फिचर)

0 2,302

ईन्द्र जिजीबिषा / काठमाडौ – पुर्ख्यौली थलो खोटाङ्गको खार्मी भई बसाईं सराई संगै उदयपुरको बसाहामा जन्मी हुर्किएकी तायाहाङ्गमा राई एक स्थापित गायिका हुन् । स्टाफ नर्स अध्यायन गरेकी गायिका तायाहाङ्गमा राईको पनि चार दर्जन भन्दा बढि गीतहरु बजारमा आएका छन् ।


पहिलो गीति एल्बम “तिम्रो माया” बजारमा ल्याएकी गायिका तायाहाङ्गमा राईको दोस्रो एल्बम “तराणा” बजारमा आएको थियो । पहिलो र दोस्रो गीति एल्बमको सफलता बाट हौशिएकी गायिका तायहाङ्गमा राईले तेस्रो गीति एल्बम “कान्छी” ल्याएकी छन् ।

तायाहाङ्गमा राईको “कोई छ” बोलको गीत दर्शक स्रोताहरुले निक्कै मन पराएका गीत हो । अहिले भर्खरै बजारमा आएको “तिमी मेरो” बोलको गीत पनि निक्कै मर्मस्पर्शी रहेको छ ।

अति नै सरल र मिजासिलो स्वभावकी गायिका तायाहाङ्गमा राईलाई साधारण पहिरन र नेपाली खानाहरु नै मन पर्छ । जिन्दगीमा खासै त्यस्तो ठुलो आकांक्षा नभएको बताउने गायिका तायाहाङ्गमा राई जीवनको अन्तिम सम्म पनि गीत-संगीतको क्षेत्रमै लागि रहने बताउछिन् ।

tayahangma

Loading...