गायक रुपकुमार राईको रुप (फोटो फिचर)

0 2,389

काठमाडौ – गायक रुपकुमार राई खोटाङ्गको टेम्मामा जन्मिएर विगत लामो समयदेखि नेपाली गीत-संगीतको दुनियाँमा रहेका छन् । पहिलो “मनको देउराली” “साक्षी” “सामिप्या” “रामसाइली” “सार” र “रुप” गरेर छ वटा एकल एल्बम बजारमा आई सकेका छन् ।


५८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका गायक राईको आधुनिक,लोक, गजल स्वदेश गान र फिल्ममा समेत गरेर हजार भन्दा बढी गीतहरु बजारमा छन् । ‘गुन्द्रुक किनिमा’ ‘चर्चा’ ‘रामसाइली’ ‘स्वप्निल छायाले’ ‘नौ लाई सुन्ना नब्बे’ “कहाँ बाट टिपी ल्यायौ यो मायाको मौसम ” लगायत सयौ गीतहरु चर्चामा छन् ।

अति नै सरल र मिजासिलो स्वभावको गायक रुपकुमार राईलाई साधारण पहिरन र नेपाली खाना नै मन पर्छ । आजसम्म धुम्रपानको अनुभव नभएको बताउने गायक रुपकुमार राई कुनै चाड पर्व विशेषमा एकदमै थोरै मात्रामा पिएको अनुभव भने छ ।

कसैलाई प्याच्च नभन्ने धेरै सोचेर मात्रै बोल्ने उनको बानि छ । स्वरले साथ् दिएसम्म भविष्यमा पनि यहि गीत-संगीतकै क्षेत्रमा निरन्तर लागि रहने सोचाई उनको छ भने व्यापार व्यवसायलाई पनि अगाडि बढाउने सोचमा छन् गायक रुपकुमार राई ।

Loading...