‘भोजपुर दर्पण’ प्रकाशन गरिने

0 927

काठमाडौँ, १५ साउन
प्रदेश नम्बर एकमा अवस्थित पहाडी जिल्ला भोजपुरको भौगोलिक, राजनीतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, शिक्षा, खेलकुद, कृषि, उद्योग लगायतका विविध विषयलाई समेटर अनुसन्धानमूलक ग्रन्थ प्रकाशन गरिने भएको छ ।

‘भोजपुर दर्पण’ नाम दिइएको उक्त ग्रन्थलाई ‘भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँ’ नामक संस्थाले प्रकाशन गर्न लागेको हो ।

समाजका अध्यक्ष गोविन्द बस्नेतका अनुसार हालै राजधानीमा सम्पन्न भोजपुरसँग सम्बन्धित विद्वानहरूको एक भेलाले ग्रन्थ लेखन कार्यलाई आरम्भ गर्ने निधो गरेको छ ।

ग्रन्थ लेखन समितिका एक सल्लाहकार संस्कृतिविद् डा. भक्त राईले ‘भोजपुर दर्पण’ भोजपुरको मात्रै नभएर राष्ट्रकै महत्वपूर्ण सम्पदा सावित हुने दाबी गरे ।

Loading...