गुरु

0 757

मलाई उड्ने रह छ
चरा जस्तै
आकाश चुम्ने चाहना छ
बगैचामा मात्र हैन
कसैको घर सजाउन
गमलामा मात्र हैन
भीरपाखामा फुलेर
सुगन्ध छर्ने तृष्णा छ

सधै
किताब कापी र गृहकार्यको
चपेटा भन्दा माथि उठेर
किताब भन्दा टाढारहेर
म जस्तैहरु संग
हातेमालो गर्दै
देशले भनिरहेको छ
समृद्धिको खाका कोर्ने सपना छ

गुरु
मिल्छ भने मलाई
अब यी यस्ता, मौकाहरु दिनुहोस
म यो चार कोठे कक्षाकोठा भन्दा
बाहिर निस्कन चाहन्छु
मलाई बुझ्नुहोस्
यति मलाई बुझ्नुभयो भने
म हजुरलाई सम्झिन
कुनै पुर्णिमा कुर्ने छुईन

बम बानियाँ

Loading...