खोटाङमा ‘हलेसी’-साईनो स्टार २०७५’ आयोजना हुने

प्रथम हुनेले ५५ हजार नगदको साथमा विभिन्न अवसरहरु पाउने

0 1,023

चिसाङ शेर्पा / खोटाङ
खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’-साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर विश्वसामु पु-याउनका निम्ति बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी-साईनो स्टार सञ्चालन हुने भएको हो ।

खोटाङबाट सञ्चालित हलेसी टाईम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा आगामी मंसिर ९ गतेबाट दुइ नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’-साईनो स्टार’ सुरुवात हुने शुक्रबार साईनो कला केन्द्र दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

तीन महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएर सुरुवात हुने हलेसी–साईनो स्टारको पहिलो चरण अडिसन मंसिर ९ गते साकेला गाउँपालिका, १० गते दिप्रुङ चुईचुम्मा गाउँपालिका, १२ गते खोटेहाङ गाउँपालिका, १४ गते जन्तेढुंगा गाउँपालिका, १६ गते बराहपोखरी गाउँपालिका, २० गते हलेसी तुवाचुङ नगरपालिका, २१ गते रावाबेंशी गाउँपालिका, २२ गते ऐसेलुखर्क गाउँपालिका, २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, २६ गते केपिलासगढी गाउँपालिका र मंसिर २८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपा बजारमा अडिसन हुने हलेसी–साईनो स्टार संयोजक प्रमोद श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार गाउँपालिका स्तरीय अडिसनबाट दश/दश जना छनौट गरीनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलबाट दश/दश जना गरी बिसजना छनौट गरिनेछ । प्रतियोगितामा छिमेकी जिल्लाका ईच्छुकहरुले समेत भाग लिन सक्ने आयोजकले जनाएका छन् ।

गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा माघ महिनाको पहिलो हप्ता सातौ अडिसनसँगै प्रतियोगिता सम्पन्न हुने ‘हलेसी’–साईनो स्टारका निर्देशक डिएम चाम्लिङ राईले बताए । प्रतियोगितामा प्रथमहुनेले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।

को–को छन समितिमा
कार्यक्रमको संयोजक प्रमोद श्रेष्ठ रहेका छन् भने कार्यक्रम निर्देशक डिएम चाम्लिङ राई र आर्थिक संयोजक उजुर राई रहेका छन् । त्यसैगरी सदस्यहरु,किरण जीत राई, भक्त विश्वकर्मा , चिसाङ शेर्पा, अमिता राई , उदिम चाम्लिङ, हर्क गदाल रहेका छन् ।

सल्लाहकारहरुमा जिल्लावाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि/प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका गाउँपालिकाका सम्पुर्ण प्रमुखहरु, राष्ट्रिय वाङमय कला प्रतिष्ठान खोटाङ अध्यक्ष विष्णुकुमार राई, नेपाल पत्रकार महासंघ शाखा खोटाङ, अध्यक्ष दमन राई, बरिष्ठ पत्रकार कृष्ण आचार्य रहेका छन् ।

Loading...