स्वदेश फर्किएरै सांगीतिक यात्रालाई निरन्तरता दिन्छु :- मोडल पवन थिङ्
सिलिचुङ्ग टिभि, सहकर्मी
प्रवासमा बसेर नेपाली म्युजिक भिडियो क्षेत्रमा लामो समय देखि योगदान दिदै आईरहेका मोडल पवन थिङको अबको यात्रा नेपालबाट हुने भएको छ । उनि छिट्टै नै मलेसियाबाट नेपालमा आउने तयारीमा रहेका छन् । उनको आगामी यात्रा अब नेपाल देखि नै निरन्तर जारी रहने उनको भनाई रहेको छ । उनि मलेसिया बसेको पनि करिब ३ बर्ष नाघ्यो । यस्तै उनले नेपाली म्युजिक भिडियो क्षेत्रमा कदम राखेको चाही डेढ बर्ष पुग्यो । डेढ बर्षको अन्तरालमा उनले धेरै प्रगति गरे । आफ्नो कलाको जादुले धेरै दर्शकहरुको मन पनि जिते । अझ भन्नु पर्दा उनले नेपाली म्युजिक भिडियो क्षेत्रमा अभिनयको हिसाबले राम्रो सम्भावना समेत देखाए ।
डेढ बर्षको अन्तरालमा उनको आधा दर्जन भन्दा बढी म्युजिक भिडियो बजारमा आईसकेको छ । नेपालमा उनको ठुलो प्रोजेक्टको काम भईरहेको छ । उनले बताए अनुसार उक्त प्रोजेक्टको अहिले धमाधम काम भईरहेको छ । आफु नेपाल आउन साथ उक्त प्रोजेक्टमा निकै मेहेनत गरेर अगाडी बढ्ने उनको धारणा रहेको छ । उनको यस प्रोजेक्टमा धेरै व्यक्तिहरु जोडिएको उनले बताए । अहिले एउटा टिमको हिसाबले काम भईरहेको पनि उनले जानकारी दिए । सम्भवत यो म्युजिक भिडियो अहिले सम्मकै उनको म्युजिक भिडियो भन्दा फरक पनि हुन सक्छ । तर उनले अहिले नै आफ्नो नयाँ कामको विषयमा कुनै खुलासा गरेका छैनन् । उनले अब आफु नेपाल आएपछि उक्त कामको बारेमा जानकारी दिने बताए ।
विदेशमा बसेर नेपाली म्युजिक भिडियो क्षेत्रमा दुख गर्न सक्नु आफैमा के सजिलो हो त ? यो प्रश्न सबैको अगाडी आउँदा अधिकांशको जवाफ गार्हो कुरा हो भन्ने नै आउछ । यो सत्य पनि हो । विदेशको जीवन कस्तो हुन्छ सबैलाई थाहा नै छ अझ खाडी मुलुकको बारेमा त झन कसैलाई भन्नु नै पर्दैन । त्यस्तो ठाउँमा बसेर पनि नेपाली म्युजिक भिडियो क्षेत्रको लागि समय व्यवस्थापन गरेर लागिपरेर त्यो पनि धेरै चुनौतीको सामना गर्दै मोडल पवन थिङ यहाँ सम्म आइपुगेका छन् । अब उनि नेपाल आएपछि के हुन्छ के पहिलेको जस्तै निरन्तरता उनले दिन सक्लान त यो पनि एउटा प्रश्न चिन्ह खडा भएको छ । हुन त उनले पनि केहि सोच त बनाएकै होलान तर नेपालमा भएका अग्रज व्यक्तिहरुले पनि यस्ता व्यक्तिहरुलाई अवसर प्रदान गर्नु जरुरी नै देखिन्छ ।
प्रतिभावान व्यक्तिहरुलाई अवसर दिने नेपालमा भने अलिक चलन कम छ । तर यसको बाबजुत पनि कामले जितेर अगाडी बढेका धेरै उदाहरण पनि हाम्रो अगाडी धेरै नै छ । यस हिसाबले पनि मोडल पवन थिङको मेहेनतले नेपालमा पनि केहि नयाँ कुराको सुरुवात अवस्य गर्न सक्ने सम्भावना भने रहेको छ । फरक फरक पात्रमा अभिनय गरिसकेको अनुभव उनि भित्र छ । फरक फरक कन्सेप्टमा आफुलाई ढालेर अभिनय कौशल देखाएको क्षमता पनि उनि भित्र छ तर के उनको प्रतिभाले नेपालमा रहेका अग्रजहरुको अगाडी सहि स्थान पाउला त्यो भने समयले नै बताउने छ । तर अहिले भने उनि सकारात्मक सोच बोकेर अब नेपालमा नै बसेर नेपाली म्युजिक भिडियो क्षेत्रमा मेहेनत गरेर अगाडी बढ्ने सोचले नेपाल आउदैछन् । अब अगाडीको दिन के हुने हो त्यो हेर्न भने केहि समय पर्खिनु नै पर्ने हुन्छ ।