संचारकर्मी कोेपिलाले ल्याईन तीजको कोशेली (भिडियो सहित)

0 694

काठमाडौ – नेपाली महिलाहरुको महान चाड तीज पर्वको अवसरलाई लक्षित गरि संचारकर्मी तथा लोक दोहोरी गायिका कोपिला गौतमले तीज गीत ल्याएकी छन् ।

चौतारी ताकेर’ नामक गीती एल्बममा गायिका कोपिला गौतमलाई चन्द्र शर्मा, प्रचन्ड जिसी र सुनिता अधिकारीले साथ दिएका छन् । गीतको शव्द संकलन सुवास केसीले गरेका हुन भने लय प्रचन्ड जिसीको रहेको छ । मेलोडी फिल्म प्रालिले उक्त गीतको बजार व्यवस्थापन गरेको छ ।

गीतको म्युजिक भिडियोमा मोडेल रमेश थापा तथा रुविना अधिकारीले नृत्य प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।

गायिका गौतम लामो समय देखि संचार क्षेत्रमा सक्रिय पत्रकार हुन । नेपाल तथा मलेसियाबाट प्रकाशित हुने श्रम साप्ताहिकमा लामो समय सम्पादकको रुपमा रहेर उनले काम गरिसकेकी छन् ।

लामो समय पछि तीजको गीत मार्फत दर्शक श्रोता माझ आएकी कोपिलाका यस अघि पनि केही गीत बजारमा आईसकेका छन् । ५ वर्ष अघि उनले पशुपति शर्मा सँग ल्याएको तीज गीत ‘पोखरा फेवाताल’ अहिले पनि चर्चाको शिखरमा रहेको छ ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...