राज रोबट अजनबीको एकल संगीतमा “समर्पण भाग -१” गीति एल्बमको विमोचन

0 1,016

ईन्द्र जिजीबिषा / काठमाडौ – चर्चित संगीतकार राज रोबट अजनबीको एकल संगीतमा “समर्पण भाग -१” गीति एल्बमको विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइला, गीतकार संघका महासचिव शुभ मुकारुङ्ग लगायतले उक्त गीति एल्बमको राजधानीमा विमोचन गरेका हुन् ।

अलग-अलग गीतकारहरुको शब्द रचनामा “समर्पण भाग-१” भित्र १२ वटा गीतहरु रहेका छन् । एल्बम भित्र रहेको पहिलो गीत “चौतारी बरमा” बोलको गीतको शब्द रचना प्रदिप तुखेशाको रहेको छ भने, यो गीतलाई अन्जना चाम्लिङ्गलेस्वर दिएकी छन् । दोस्रो “तिम्रो पनी मनै त हो” वोलको गीतमा सकुन्तला प्रयाशीको शब्द रचना रहेको छ भने मनिषा राईको स्वर रहेको छ । एल्बम भित्र रहेको तेस्रो गीतमा “छोडि आएँ जन्मभूमि” बोलको गीतमा गायक रुपकुमार राईको स्वर रहेको छ भने यो गीतको शब्द रचना युवराज साम्पाङ्ग राईले गरेका छन् ।

“समर्पण भाग-१” भित्र रहेको चौथो गीत “यता दुखेको मन छ” को शब्द रचना राम नशा सापकोटाले गरेका छन् भने यो गीतलाई गायिका सुनिता थेगिमले गायकी छन् । अर्को “मेरो सपना” बोलको गीतको शब्द रचना डाँडाठुलेको नातीले गरेका हुन् भने,यो गीतलाई गोविन्द चेम्जोङ्गले गायका छन् । छैटौ गीत ” मनको आगन” बोलको गीतलाई गीतकार जानु काम्वाङ्ग लिम्बुले शब्द रचना गरेकी छन् भने यो गीतलाई पुर्णिमा लामाले स्वर दिएकी छन् । एल्बम भित्र रहेको अर्को गीत “साँचो कुरा” बोलको गीतको शब्द रचना युवराज साम्पाङ्गले नै गरेका छन् भने यो गीतलाई मेलिना राईले गायकी छन् ।

एल्बम भित्र आठौ नम्बरमा रहेको अर्को “कान्छा राम्रो” बोलको गीतको शब्द रचना दिनेश बस्नेत मायालुले गरेका छन् भने गायिका सुनिता थेगिमको नै स्वर रहेको छ । अर्को “नाता सधै टुटेपछि” बोलको गीतको शब्द रचना आकाश क्षितिज लिम्बुले गरेका छन् भने पुर्णिमा लामाकै स्वर रहेको छ । एल्बम भित्र रहेको एर्को गीतमा “नदिबिना थोपा एक जल” बोलको गीतको शब्द रचना सिता तुम्खेवाले गरेकी हुन् भने कुमार ओख्रेलीको स्वर रहेको छ । एल्बम भित्र रहेको सेकेण्ड लास्ट “जुनदिन देखि” बोलको गीतको शब्द रचना निलिमा साम्पाङ्ग र सागर राउतले गरेका छन् भने यो गीतलाई निलिमा साम्पाङ्गले नै गायकी छन् । एल्बम भित्रको अन्तिम गीतमा “मिम्जिमे” बोलको लिम्बु भाषाको गीत रहेको छ । यसको शब्द रचना डाँडा ठुलेको नातिले नै गरेका छन् भने ब्रबिम शेर्मा र सुनिता थेगिमको स्वर रहेको छ ।

“समर्पण भाग-१” विमोचन कार्यक्रममा गीतकार शुभ मुकारुङ्ग र दिपक श्रेष्ठले सार्वजनिक एल्बमको बारेमा समिक्षा गरेका थिए । एल्बमको समिक्षा गर्दै समिक्षकहरुले प्रवासमा रहेर व्यास्त समयको बावजुद पनि संगीतकार राज रोबर्ट अजनबीको एकल संगीतमा एल्बम नै आउनु चानचुने कुरा नभएको बताउदै आउने दिनहरुमा अझ प्रगतिको लागि शुभकामना दिएका थिए ।

प्रमुख अतिथिको आशन बाट बोल्दै यस्ता धेरै कार्यक्रमहरुमा सहभागी भए तर संगीतकारको एकल संगीतमा रहेको एल्बम बिमोचनमा भने आफू पहिलो पटक सहभागी भएको बताउदै हामीले जहिले पनि पुराना र नाम चलेका कलाकारहरुको मात्रै नाम लिने गरेको छौं तर हामीले नयाँ कलाकारलाई विशेष प्राथमिकता दिनु पर्ने प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ कवि वैरागी काइलाले बताए । अहिले अनलाईनको जमाना आएको छ । यसले गर्दा हामी ग्लोबलाईजेसन भएका छौं र ग्लोबलाईजेसन संगै लोकालाईजेसन पनि हुदै छौं वैरागी काईलाले भने ।

काङ्गसोरे मिडिया प्रा.लीको अध्यक्ष सुन्दर आलेको सभापतित्वमा भएको कार्यक्रममा गायक तथा संगीतकार भिषण मुकारुङ्ग, संगीतकार सुमन राई, निर्देशक लोकेन साँवा, जीवन मुकारुङ्ग, कृष्ण भक्त राई लगायत दर्जनौ गायक तथा संगीतकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायिका सुनिता थेगिम, पुर्णिमा लामा र अन्जना राईले गीत गाएर मनोरंजन गराएका थिए । कार्यक्रमको संचालन सिता तुम्खेवाले गरेकी थिईन् ।

Loading...