स्वाधीन क्रान्त्रि ! मान्छे मार्ने र मराउने विरुद्ध : किरण इङनाम
राष्ट्रिय स्वाधीन नेपालका अध्यक्ष किरण इङनाम संग सिलिचुङ्ग टिभीले गरेको कुराकानी
वर्तमान सन्दर्भमा, तेस्रो विश्व र शक्ति राष्ट्र विचको वस्तुगत अवस्था , अवको नयाँ विकल्प के के हुन सक्दछ ?
प्रविधि युगमा, आजको सघंर्ष, शक्तिराष्ट्र र तेस्रो विश्व विचको, मुर्तभाषामा भन्दा, पश्चिमा मलेच्छ, फिरिङ्गी विरुद्धको, अनि थप नपुगेर, शान्ति, स्वतन्त्रता मानव अधिकारको प्रवचन दिएर मान्छे मार्ने, मराउने, व्यवसायी, यिनको काम दुई कमजोर मुलुक बिच भिडाउने, दुवै विच हतियार वेच्ने, युद्धमा फसाएर प्राकृतिक स्रोत साधन माथि कब्जा गर्ने हो । अमेरिकी साम्राज्यवादको शान्ति, स्वतन्त्रता र मानवअधिकार विश्वमा आंतक मच्चाउने वैचारिक हतियार हो । अमेरिका विश्व आतंकवादको नायक पनि हो ।
अर्कोतर्फ बढ्दो शक्ति राष्ट्रको होडवाजीले, विश्व राजनीति भागबण्डा तिर मोडिएको छ । जो जसले हतियारको विकास गरे । तिनीहरु विच शक्ति राष्ट्र र तेस्रो विश्व नै रहेनन् । जसको ज्वालन्त उदाहरण उत्तर कोरिया र अमेरिका, अमेरिकी साम्राज्यवादले भियतनाम युद्धपछि, फाइदाको लागि लोकतन्त्र, कम्युनिष्ट, धर्म, जातीय लगायत कुनै पनि विचार, दर्शन र सिद्धान्त छाडेकै छैन । विभिन्न प्रारुपको हनुमानद्धारा विश्वभरी आतंक फैलाइरहेका छन् ।आंतकवादीको लक्ष्य र उदेश्य बुझेपछि, तेस्रो विश्व विच एक मात्र विकल्प सहकार्य र सयुक्त मोर्चा नै हो ।
अव इतिहासमा हजारौ–हजारको बलिदानबाट प्राप्त गणतन्त्र, (लोकतन्त्र) आँफैमा खुशीको विषय हो । यसको निम्ति योगदान गर्नुहुने अग्रज युगौ–युग धन्यवादको पात्र रहिरहनु हुनेछ । अर्को तर्फ सकारात्मक सोचको साथ विदेशी (पश्चिमा) लाई ठाऊँ दियौ । आज दिन–दिनै अभिशाप बन्दै छ । जसको कारण, पार्टी र पार्टीको नेता,INGO मार्फत भासमा फसेको हात्ती झैं क्रिश्चियनीकरण “धर्म राजनीतिक भासमा फसेका छन् । जति निस्किन कोशिश ग¥यो, झन् झन् तल भासिनु भन्दा अर्को विकल्प छैन् । यिनको हैसियत वसन्तपुरमा अष्टमीको दिन काट्न राखेको खसी वोका सरह हो भने यिनको कार्यकर्ताको के कुरा, भन्नुको अर्थ दुख र पिडाप्रति अझै उत्तरदायी बन्नु हो । जो-जुन पार्टि र नेता भएपनि सारमा नेपाल र नेपाली हो । हामी र तेस्रो विश्वको साझा समस्या INGO तेस्रो विश्वको सभ्यता विघटन र राज गर्ने दानवहरुको वैधानीक हतियार हो । चाहे त्यो सामाजिक सेवा होस कि राजनीतिक ! धार्मिक होस कि जातीय, क्षेत्रीय । चाहे हिन्दु राज्यको कुरा गर्नेहोस् कि बौद्ध, किरात । आदिवासी, जनजाति, दलित, महिला, मधेसी पहाडी , ति सवै फरक–फरक रुपका अमेरिकी दानवको हनुमान हुन् । आफ्नो घर पनि नबनाउने बाँदरको काम आमा सरहको मातृभुमीलाई INGOको डलरमा किश्चियनीकरण धर्म राजनीतिमा फसाउने हो । दिन दुई–गुना, रात चौ–गुनाको दरमा सगंठित भईरहेका छन् । सारमा किश्चियनीकरण नेपालीद्धारा नेपालीलाई मार्ने, मराउने,, भारत र चीनको विरुद्ध नेपालीलाई हतियार वनाउन आतंकवाद सगंठित गरेको “धर्म राजनीति” हो । त्यसको प्रत्यक्ष र अप्रत्यक्ष शिकार दिन–दिनै हामी भईरहेका छौं ।
नेपाली अर्थतन्त्र “मान्छे वेच्ने र वेचाउने बाध्यताको पर्खाल” हो । आज नेपालीहरु अरवको ५५ डिग्री तापक्रममा डिग्रीको सर्टिफिकेट बोकेर “ब्लड मनी” (रेमिटेन्स) पठाई रहेका छन भने अर्कोतिर, वातावरण प्रतिकुलताको शिकार भई दिनदिनै दर्जनौ लास फर्किरहेको छ । देख्दै आँखावाट अाँसुको धारा वगेकोे जो–कोही नेपाली मुटुले थाहै पाउदैन ! स्कुलमै विदेशको सपना देख्ने, छोरा–छोरी पढाउने नाममा शहर छिर्ने, फेसन जस्तो सम्बन्ध विच्छेदका घटना, अनैतिक, दुष्ट्र, गुण्डा, तस्कर, जाली, फटाहा देखि आधा पेट खाने वेरोजगारको केन्द्र शहर वनेको छ वा शहरमा आफ्नो छोरी चेली लिएर निस्की नसक्ने अवस्था छ । अर्कोतिर, युवाविहिन स्वर्ग पर्खेर वसेका वावु–आमा भन्दा वाहेक गाँऊमा कोही छैन । फेरी पनि भन्छ, निणायक र दुःखद अवश्यमा पुग्नुको मुलकारण कमजोरीसंगै नबुझिकनै पश्चिमा फिरिङ्गी, मलेच्छलाई खेल्न दिनू हो । हनुमान मित्रहरुलाई फेरि पनि म भन्छु, समय छ । आजै सचेत होऔ । नत्र, नेपाली जनता व्युझेको दिन तिम्रो चर्च । तिम्रै कालघर हुनेछ । तपाई–हामीले पश्चिमा फिरङ्गी, मलेच्छसँग दर–सन्तान सम्वन्ध राख्नु हुन्न । त्यो दानव हो । टाढै दानवता गन्हाइरहेको छ ।
पश्चिमाको रणनीति सभ्यताको केन्द्र एसिया, एसियाको नेपाल, भारत र चीनलाई विघटन गर्ने हो । त्यसकारण टाढाको नाता भन्दा, नजिकको छिमेकी राम्रो भन्ने प्रष्ट्र अन्तरराष्ट्रिय नीतिको साथ पश्चिमा विरुद्ध चीन, भारत विच आ–आफ्नै मुल्य र मान्यतामा आधारित त्रिदेशी सहकार्य र संयक्त मोर्चाको विकल्प हुनेछ । यो नै आजको माक्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, लिङ्कनवाद, मण्डेलावाद ।
स्वाधिन क्रान्त्रिको विचार, दर्शन र सिदान्तको चर्चा कसरी गर्नुहुन्छ ?
विचार भनेको कुनै अर्को दुनीयावाट बनी–बनाउ रुपमा आउने चीज नै होइन कि, वरु, तपाई हामी विच दिन दिनै व्यवहार, छलफल, बहसबाट प्राप्त गर्ने ! अनि पुस्ता पनि तँपाई–हामी नै होऔ । अन्तराष्ट्रवादको नाममा नकचरो INGO को झण्डा बोक्नु भनेको शोषणको निम्ति आह्वान गर्नु हो । नकचरो अन्तरराष्ट्रवाद चाहिदैन?समान भुमिका र सह–अस्थित्व खोस्न पाईदैन !!
अब कम्युनिष्ट र कांग्रेस जे भने पनि सामुहिक प्रधान होऔ । मान्छे जन्मदै सिद्धान्त लिएर आउदैन । हामी समान भुमीका र सह–अस्तित्व, शान्ति, स्वतन्त्रता र मानव अधिकार रक्षक होऔ । INGO मार्फत लादिएको औपनिवेशको पर्खाल तोडि नेपाली सत्ता, नेपालीद्धारा र नेपाली जनताको हातमा स्थापति गर्नु स्वधिन क्रान्त्रिको एक मात्र विकल्प हो । यसको लक्ष्य र उदेश्य समान भुमिका र सह–अस्थित्व, शान्ति, स्वतन्त्रता, मानवअधिकार संस्थागत गर्नु हो ।
अव अर्को समाजको महत्वपूर्ण पाटो राजनीति चौतफी आक्रमणको शिकार वनाइएको छ । त्यसकारण, पहिला राजनीति के हो ? के को लागि गरिन्छ ? किन गरिन्छ भनेर वुझनु प¥यो । आजभोली बजारमा फैलाएका अफवहा के हो ? राम्रोसंग बुझ्नु र व्यवहारमा पनि हेर्नु प¥यो । त्यसैले राजनितिक भनेको व्यवहारमा, विचार, दर्शन र सिद्धान्तको कार्यन्वयन हो । जो मानव समाज निरन्तरको मार्गदर्शक बनोस ! जसले देश र समाजको लागि जिवन समपर्ण गर्दछ् । त्यस्तो व्यक्ति मात्र राजनीतिज्ञ हो । उसको जीवन अमुल्य हुनेछ ।तर, उमेरको हदवन्दी आदि-आदि कुरा अराजनीतिक हुन् । ज–जस्ले बुझेका छैन् । ति आफै निर्दोष हुन् । तर बुझेर जो–जो राजनितिक उमेर हदबन्दी, हामी युवा, क्याम्ब्रीज, आदि आदिको कुरा गर्छन । ति–सवै INGO दुतवासले पालेका हनुमान हुन । यिनको प्रतिकार गाऊ–गाऊवाट, घर–घरवाट, शहर र टोल–टोलवाट गर्नुपर्दछ । यसको लागि म मेरे ! मेरो छोराले। अनि फेरि नपुुगे नातीले पनि स्वाधिन क्रान्त्रिको झण्डा उठाउने प्रतिवद्धताको खाचो छ । पुरा गर्ने तपाई हामी नै होऔ ।फेरि पनि अन्त्यमा प्रस्ट्र पनि चाहान्छ कि, कम्युनिष्ट, लोकतान्त्रिक युग नै सकियो त ? भन्ने होइन । वरु, साझा समस्या INGO मार्फत नेपाली माथि लादिएको प्राविधिक औपनिवेसवाद हो । अवको कार्यभार राजतन्त्र झैं INGO औपनिवेसवाद अन्त्य गरि नेपालीले, नेपालीद्धारा, नेपालीको निम्ति गरिने शासन व्यवस्था स्थापना गर्नु साझा कर्तव्य हो । हिजो–हामीले परिवारिकराणा शासनको विरुद्ध लड्यौ, राजतन्त्रको विरुद्ध लड्यौ । अबको पालो पश्चिमाको विरुद्ध ! नेपाल र नेपालीको साझा विचार, दर्शन, सिद्धान्त भनेको देश हो । देश रहे ! हामी रहन्छौ । हामी रहे ! नेपाली राजनीति रहन्छ । आजको लिङ्कनवाद भन्नुहोस कि, माक्र्सवाद ! लेनिनवाद भन्नुहोस कि, गान्धीवाद ! अनि माओवाद भन्नुहोस कि, मण्डेलावाद ! त्यो भनेको नेपालवाद । नयाँ जनवादी क्रान्ति भन्नुहोस कि, समाजवादी ! त्यो भनेको नेपालीवादी हो । अनि मात्रै कांग्रेसवादी ! कम्युनीष्टवादी । यसो भन्नुको तात्पर्य, अझैँ पनि साझा राजनीति समस्या वाँकी छ भने हो । अबको पालो पश्चिमा विरुद्धको ! संग–संगै लडौ ! स्वर्ग पर्खेर वसेका किसान वावु–आमाले ! अनि शहरमा उद्योग–धन्दा विनाका मजदुरद्धारा जनवादी क्रान्ति सम्भव छैन । सयवर्ष अगाडिको जनवादी क्रान्त्रि भनेको दुवै समय सिटामलले निको हुने विरामी ! अर्को समयमा नभए झैँ गफ चुट्ने इतिहासको सिटामोल हो । आजको जनवादी क्रान्त्रि भनेको INGOद्धारा लादिएको औपनिवेशवादलाई रछ्यानमा सदाको लागि मिल्काउने स्वाधिन क्रान्ति हो । जसले नेपाल र नेपालीको शिर सगरमाथा झैं उच्च रहिरहनेछ ।
क्रान्तिको प्रकृति, मुल्य–मान्यता अनि पक्षधर थोरै चर्चा गरौ न त ?
हाम्रो समाज डाडाँ–काडाँ, खोला–नाला, वन–जगंललाई सम्मान गर्ने र मृर्तआत्माप्रति शन्तिको कामना गरेर पाठ–पुजावादी दुई खाले मुल्य–मान्यता आधारित हो भने, अर्कोतिर, सम्बन्ध विस्तारको आधार हितेरी–मितेरी पनि ।
२००७ साल, झापा विद्रोह, जनयुद्धको साथै साना–तिना सशस्त्र क्रान्त्रि, विद्रोहको अनुभवसंगै २०४६ को जनआन्दोलन, २०६२-६३ को जनआन्दोलन ताजै छन् । यति हुदा–हुदै पनि ! शान्तिको अग्रदुुत वुद्धको देश ! शान्तिका हिमायती । त्यसकारण, क्रान्त्रिको प्रकृती शान्तिपुर्ण नै हुनेछ । तर युद्धमा पाठ पढेर कोही पनि वस्दैन । अब क्रान्तिको पक्षधर वर्ग भनेको नेपाल र नेपाली भएकोमा गर्बवोध गरि INGO र विदेशी दुतवासवाट तलव खाने विरोधी, मान्छेलाई पशु सरह बेच्ने विरोधी हुनेछ भने, विदेशी INGO, विदेश दुतवासले पालेका व्यक्ति र संस्था, पशुसरह मान्छे वेच्ने र वेचाउने सत्ता र सरकार विरोधी हुनेछ । यिनको “जस्ताको त्यस्तै”प्रतिकार एक मात्र विकल्प हो । यिनीहरु अरुको घर भत्काउने (श्रीमान–श्रीमतिको सम्वन्ध, घर–परिवार, छर–छिमेक, इष्ट–मित्र अनि देश विगार्ने) तत्व हो । सारमा, हाम्रो सभ्यता र समाज विघटन गर्नु नै हो । यिनको प्रतिकार जो–जुन ठाऊँमा छौं । त्यहि–त्यहि ठाऊँबाट गर्ने हो । आजको क्रान्तिकारी शक्ति भनेको विदेशमा वेचिएर ४५ डिग्री काम गरि रमिटेन्स पठाउने वर्ग हो । यिनको विरुद्ध, आजको विकसित सवै खाले प्रविधि उपभोग गरिने छ ।
स्वाधिन क्रान्त्रि र क्रान्त्रिद्धारा स्थापित राज्य व्यवस्थाको विशेषता के कस्तो हुनेछ ?
माथि नै भनि सके कि, आजसम्म समाज विकासक्रममा विकासित सवैखाले विज्ञान सम्मत मुल्य–मान्यतालाई सम्वोधन गरिने हो । त्यो माक्र्सवादहोस कि, मण्डेलावाद । अब तेस्रो विश्व र शक्ति राष्ट्र विचको सघंर्ष युगको साझा विचार भनेको समान भुमिका, सह–अस्थित्व, सभ्यता (आ–आफ्नो मुल्य मान्यता) सरक्षण, विकास र आधुनीकीकरण नै हो वा प्रजातान्त्रिक समाजवाद होस कि, नयाँ जनवाद ! अनि, २१ औ शताब्दीको जनवाद, वहुदलीय जनवाद ! जे जे भने पनि साझा मुद्दा भनेको नेपालीवाद हो । नेपालवाद !! क्रान्त्रि र क्रान्त्रिको सर्जक पनि नेपाली भएकोमा गर्वबोध गर्ने नेपाल–नेपालीहरु हुन् ।
अब क्रान्त्ति र क्रान्त्रिद्धारा स्थापित राज्य व्यवस्थाको विशेषताको चर्चा गरिने छ । यस्तो राज्य व्यवस्था मूख्य लक्ष्य र उदेश्य नै समाजवाद उन्मुख हुनेछ । सस्थागत (गुँठी) पुजीमा जोड दिनेछ । पुजीवादद्धारा स्थापित कालोधनमा आधिारित बैंक –बैकिङ्ग संस्थामाथि प्रतिवन्धित गरिने छ । INGOराजदुतावास बाट पालिएका सवैखाले व्यक्ति वा संस्थालाई सार्वजनिक ठाऊँमा प्रतिवन्धित गरिने छ । राज्यद्धारा सवैखाले विदेशी समाजिक संघ-सस्थालाई (INGO) लाई निषेध गरिने छ । सवैखाले सामाजिक मुल्य मान्यतालाई संरक्षण, विकास, आधुनिकीकरण गर्नु राज्यको कर्तव्य ठानिने छ । निस्चित पुजी व्यक्तिमा आधारित राष्ट्रिय पुँजीको विकास गरि, उद्योगहरुको चौतर्फी विकास गरिने छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सूचना राज्यको कर्तव्य हुनेछ । व्यवहार प्रधान विचार दर्शन सिद्धान्त आधारित शिक्षामा जोड दिइनेछ । जसले स्व-स्फुर्त इच्छाशक्तिको विकास गरोस । अनि समाजमा विकसित विकृति र विसंगतिको अन्त्य गरि मानवता र प्रतिस्पर्धामा आधारित समाज निर्माणमा जोड दिने छ ।
थोरै क्रिश्चियनीकरण “धर्म राजनीति” वारेमा वताई दिनुन ?
क्रिश्चियनीकरण भन्ने वित्तिकै पश्चिमा दानव ! दानवको सोच नेपालमा नेपालीलाई मार्ने ! मराउने !! नेपालीको सोच दास ! त्यसकारण, दुवैको स्त्तरै फरक–फरक छ । दास कहिल्यै मालिक हुदैन । अव सवै धर्ममा आस्था राख्ने महानुभावप्रति सम्मान छ । तर, फेरी पनि म भन्छ, क्रिश्चियनीकरण विशुद्ध धर्म नभएर “धर्म राजनीति” अभियान हो । मर्ने वेलामा धर्म कहिल्यै नभत्कने पहाड जस्तै सामन्तवादको ठाऊमा आज पुँजीवादले पनि वोकेर हिडेको छ । यसको रणनितिक लक्ष्य अघिनै वताई सके कि, सभ्यताको केन्द्र एसियालाई विघटन गर्नु हो । नेपाललाई “मानव वद्यशाला” बनाएर चीन र भारतको विरुद्ध दुरुपयोग गर्नुे हो । त्यसको लागि पहिलो सर्त भनेको हिन्दु, बौद्ध, किरात धर्मलम्वीलाई प्रलोभन देखाएर किश्चियन धर्ममा फसाउने हो । अनि, त्यसै त अर्काको लागि मर्ने नेपाली, धर्म र धर्मलम्वी भएपछि, स्वत अर्काको शिकार हुने नै भयो । आज त्यसैको लागि विभिन्न प्रलोभनको विच दिन दुई गुना रात चौ–गुनाकोदरमा सगंठित गरिरहेका छन्।किश्चियन करण अभियानको लागि गरिबी, अशिक्षा, आदिवासी, जनजती, दलित, महिला, तराई, पहाड, हिमाल, उर्वराभूमि बनेको छ । आफैले–आफैं कमजोर ठानेर । यसै दास उसैदास भनेर क्रिश्चियन वन्नु भनेको, स्वर्ग पु¥याउने कल्पनाको चर्च ! आफैले आफैलाई जिउँदै पुर्ने मुर्दाघर ! हो !! हुनेछ । आफूतिर फर्किएर समिक्षा गर्दा, यस्तो जोखिम विच किश्चियनीकरण अभियानमा सम्लग्न हुनु भनेको, क्रिश्चियन धर्मभित्र विकास गरेको एउटा आफ्नै खाले पद्धती पनि हो । यसको सम्मान गर्नु पर्छ । समय अनुसार कामको दस प्रतिशत राख्ने, हप्ता हप्तामा भेट्ने भेदभाव नराख्ने आदि आदि उपयुक्त छन् । जसले गर्दा हरेक व्यक्तिमा पुन–ताजगीपनको विकास हुन्छ । त्यसको विकल्प हाम्रा मूल्य मान्यताकोे संरक्षण , विकास आधुनिकरण मार्फत जागरण ल्याउनु हो, तर धर्म वोकेर भीर खोजी हिड्ने पुँजीवादलाई काँध हाल्नु हुन्न । नेपाल र नेपालीको समाजवाद स्थापनाको यात्रामा गोेलवद्ध होऔ । फिरिङ्गी मलेच्दलाई टेक्ने ठाँऊसम्म दिनुहुन्न ।
धर्म र सस्कृति, अनि सेना फरक–फरक भन्नुहुन्छ, थोरै बताइदिनुस न ?
ठिक हो । सस्कृति निर्माण जति कठिन छ ! विनाश पनि !! यो आँफैमा भौतिक अभिव्यक्ति वा रुप हो । यसले तल्लो र माथिल्लो वर्ग निर्धारण गर्दैन । वरु मानव समाजको निरन्तरता, विचार, दर्शन, सिद्धान्तको आधारमा रुपान्तरण गर्छ वा हुन्छ । आजसम्म जे–जति सास्कृतिक सम्पदाहरु छन । ति सवै हाम्रा अग्रजको योगदान हो । त्यसको सरक्षण, विकास, आधुनिकरण गर्नु साझा कर्तव्य हो । धर्म सामन्तवादको चरम विकाससंगै आफ्नो स्वार्थसरक्षणको लागि जीवन र जगत वुझ्ने दर्शन वनायो । राजा, महाराजाले भगवान, रानी–महारानीले भगवती घोषणगरे । दर–सन्तानको लागि राज गर्न भगवानले स्वर्गवाट पठाएको कथा कहानी धर्मधरीद्धारा बनाए । यसको अर्थ सामन्तवादले प्रजामाथि शोषण गर्न बनाएको राजनीतिक दर्शन धर्म हो ।
धर्मधाारीलाई धर्म को रक्षक बनायो । अनि प्रजाको श्रमबाट पाटी–पौवा, सतलज, गुफा, धर्मशाला आदि बनाए । विरानमान पनि फेरि धर्म धारीलाई नै गरायो । यो चाही राजा–महाराजको धुर्त, चलाखीपनको पनि उत्कृष्ट्रता नै थियो । यसले धर्म र संस्कृतिलाई एकै हो कि जस्तो बनायो । यसको प्रभाव आजको प्रविधि युगमा पनि कायम नै छ ।
विचार, दर्शन, सिदान्त युक्त, आफ्नै कमाण्डमा चल्ने, तालिम प्राप्त संगठित शक्ति सेना आफै सत्ता हो । निजामति कर्मचारी भनेको देखाउने दाँत ! त्यसैले, संस्कृति भनेको समग्र समाजको एक अभिन्न अगं हो भने धर्म सामन्तवादी राजनीतिक दर्शन हो । सेना भनेको राजनीतिक सगंठन वा सस्था हो । उसको काम आवश्यकता पर्दा देशको शन्ति, सुरक्षा कायम गर्नु हो ।
पश्चिमा, पश्चिमा भन्नु भो ! तर, तपाईको भारतप्रतिको धारण चाही के हो त ?
जो मान्छे मार्ने, मराउने, व्यवसायी फिरिङ्गी, मलेच्छहरु छन् । तिनलाई घृर्ण गर्न शव्दकोषमै शब्दको अभाव छ । जो–जति पश्चिमा र तिनले पालेका हनुमान छन् । तिनलाई खोलामा जिउदै वगाएर हिमालतिर खोज्नु भन्दा अर्को विकल्पै छैन । मेरो बुझाईमा, भारत भन्दा पश्चिमा चाहि प्रमुख शत्रु हुन् । जे–जति विकृति, विसंगीको केन्द्र नेपाल वनेको छ ! यसमा पश्चिमाको प्रत्यक्ष हात छ । पश्चिमाको लक्ष्य र उदेश्य सम्यताको केन्द्र एसिया, चीन र भारतको विघटन गर्नु हो ।सभ्यतै नरहे, हामी रहन्नौ । त्यसकारण, सम्यता सरक्षण, विकास , विस्तार, आधुनिकीकरणको निम्ति त्रिदेशी सहकार्य, मोर्चा उपयुक्त विकल्प हो ।
अब नेपाल–भारत विच पटक–पटक देखिने मुलसमस्या खुल्ला सिमा हो । सवैको ध्यान साना–फलनाले के वोल्यो । वोलेन ! सिमा मिच्यो ! मिचेनतिर होइन ? वरु, कुनै न कुनै शर्तमा सिमा बन्द दिघकालिन विकल्प हो । कुटनीतिक माध्यमवाट एकआपसमा बुझ–बुझरत गर्न–गराउन सक्नु पर्दछ । यति गर्ने वित्तिकै ९०% समस्या हल हुनेछ । यसको विकल्प भिसा सिस्टम, तार–जाली, पर्खाल आदि ! जसको कारण को, किन, के को लागि, कहिलेसम्म भारत गयो । अनि, को, किन, के को लागि, कहिलेसम्म नेपाल आयो सवै जानकारी प्राप्त गर्न सकिनेछ । सिमा बन्द युगौ–युग देखिको मित्रवत सम्वन्ध संरक्षण, विकास र आधुनिकीकरणको जग पनि वन्ने छ ।
अन्त्यमा, युवा राजनीति र वेला–वेलामा उठ्ने विविध विषयमा केही प्रष्ट बनाई दिनु न ?
समग्र राजनीति भन्दा युवा टाढा छैनन् । त्यसमा पनि युवा भनेर उमेरको धाक लगाइरहने पुस्ता छन । चाहे त्यो देश भित्रको होस् कि, बाहिर ! ९९% ड्यामेज पुस्ता हो । युवा भनेको क्रान्त्रिकारीपन, सिर्जनशिल, गतिशिल, धर्यवान, साहास हो । तर, उमेर होइन ! चाहे त्यो सय वर्षको होस कि, विस वर्षको !! उदाहरण रुपमा विस वर्षको छ । बाच्ने उमेर छ । तर, कुलतमा फसेको छ भने विस वर्षको भएर के काम । तर, सय वर्षको छ । आफू नसके पनि विचार, दर्शन, साहास दिएर अरु विस जनालाई हिडाउन सक्छ भने, त्यो सय वर्षको भए पनि युवा हो । भन्नुको अर्थ काम हो !
पढाई पनि एउटा माध्यम न हो । अनौपचारिक शिक्षा भनेको सिर्जनशिलता क्रान्त्रिकारीता, धैर्यशिलता, गतिशिलताको आधार(जननी) हो । औपचारीक शिक्षा भनेको विनाश ! सर्टिफिकेट भनेको केवल गास, वाँस र कपास । त्यसकारण परिक्षामा आधारित पद्धतीलाई विस्थापित गरिे सिकाई–वुझाईमा आधारित व्यवसायिक शिक्षामा जोडदिइने छ । शिक्षा जिवनको लागि हुनेछ । जे–जस्तो अवस्थामा रहेका युवाहरु हुनुहुन्छ । तिनलाइ देश रक्षाका निम्ती गोलवद्ध गर्नु साझा कर्तव्य हो