“मट्टिमाला” हेर्न ग्राण्ड मल पुगेका दर्शकहरु अधिक भएपछी पुनः २७ तारिख प्रदर्शन गरिदै

सोचे भन्दा दशौ गुणा राम्रो व्यापार गरेको

0 769

काठमाडौ – नेपाली कथानक चलचित्र “मट्टिमाला” कतारको सनैया स्थित ग्राण्ड मलमा पुनः प्रदर्शन् हुने भएको छ । गत हप्तामात्रै सनैया स्थित ग्राण्ड मलमा प्रदर्शन भएको चलचित्र “मट्टिमाला” लाई दर्शकहरुले चाहेर पनि चलचित्र हेर्नेका निम्ति टिकेट नपाएको गुनासो आएपछि पुनः जुलाई २७ गते प्रदर्शन गर्न लागिएको हो । चलचित्र स्थानिय समय अनुसार दिनको ३:३० बजे प्रदर्शन हुने चलचित्रका निर्माता पृथ्वी राईले कतारबाट सिलिचुङ्ग टिभिलाई बताएका छन् ।

नेपालको विभिन्न हलहरुमा छैटौ हप्ता भन्दा बढि प्रदर्शन भएको चलचित्र “मट्टिमाला” व्यवसायिक हिसाबले निक्कै सफल मानिएको छ ।

अहिलेका चर्चित र व्यास्त नायक “हैट” थेगोले चर्चित बुद्धि तामाङ्ग, मेरी बास्सैमा “मंगली”को भूमिकाबाट चर्चामा आएर अहिलेका व्यास्त नायिका रजनी गुरुङ, नेपाली टोनी जा भनेर चिनिएका मार्शल आर्ट खेलाडि चिरन राई, सुन्दरी नायिका संज्ञा श्रेष्ठ, अत्यान्तै लोकप्रिय नायिका प्रियंका कार्की र पृथ्वी राई लगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

चलचित्र “मट्टिमाला” को आईटम गीत “बेचिदिन्थे यो जवानी, किन्ने कोहि भई दिए” बोलको गीतलाई युटुबमा १० लाख भन्दा बढि पटक हेरिएको छ ।अहिलेका चर्चित संगीतकार सुमन राईको संगीत रहेको चलचित्र “मट्टिमाला” मा गायिका बबिना किराती, सुमन राई, अमृता लिम्बु,सुन्दर लामा,संगीता थापा, आनन्द राई, बिक्रम राई लगायतको स्वर छ भने,शब्द रचनामा जानु काम्बाङ्ग लिम्बु,रोशन भट्टराई,साङ्गे ब्लोन तामाङ्गको रहेको छ ।

चलचित्रको ट्रेलर यहा हेर्नुहोला

Loading...