मृगौला पिडित लामाको सहयोगार्थ “भीमदत्त” को च्यारिटी शो

मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजले मृगौला पिडित लामालाई भिमदत्तको च्यारिटि शो मार्फत १ लाख १७ हजार सहयोग गर्यो

0 1,851

ईन्द्र जिजीबिषा / काठमाडौ – मृगौला पिडित दुर्गाबहादुर लामाको सहयोगार्थ नेपाली कथानक चलचित्र “भीमदत्त” को च्यारिटी शो गरिएको छ । मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजले लामाको सहयोगार्थ नुवाकोटको ककनी स्थित एपिएफ युएन पिटिसिको हलमा च्यारिटि शो गरेको हो । भिमदत्तको जीवन कथामा आधारित चलचित्र “भीमदत्त” राष्ट्रवादी नायक नवल खड्काले निर्माण गरेका हुन् ।

संस्थाको स्थापनाकालदेखि नै समय समयमा यस्तै मानविय कार्यको आयोजना गरी पिडितहरुलाई सहयोग प्रदान गर्दै आईरहेको छ । मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजको यो तेह्रौ सहयोगार्थ कार्यक्रम हो । उक्त चलचित्र ककनी निवासी मृगौला पिडित दुर्गा बहादुर लामाको सहयोगार्थ निशुल्क प्रदान गरिएको थियो भने ककनी स्थित एपिएफ युएन पिटिसिका समादेशक कृष्णभक्त ब्रम्हचार्यले हल निःशुल्क उपलब्ध गराएका थिए।

च्यारिटी सो बाट संकलित १ लाख १७ हजार ७ सय ७५ पिडित दुर्गा बहादुर लामालाई वरिस्ठ प्रहरी उपरिक्षक कृष्णभक्त ब्रम्हचार्य र संस्थाका अध्यक्ष बिचारी राईले सामूहिक रुपमा प्रदान गरेका थिए।

च्यारिटी शोमा स्थानिय क्रियासिल होटल व्यवसायी, शिक्षक, समाजसेवी शिव कुमार लामा, ककनी गा.पा. वडा नं. ५ का वडा अध्यक्ष राम बहादुर लामा, नेपाल सरकारका विभिन्न तह र तप्काका राष्ट्र सेवक कर्मचारीहरु, ककनी आधारभुत विद्यालयका प्रधानाध्यपक श्रीमती सिता रुम्बा, प्रवासी सन्देश साप्ताहिकका कार्यालय व्यवस्थापक श्रीमती कविता राई लगायत अन्यको उपस्थित रहेको थियो।

दृष्टि बिहिन गायिका रेणुका राईको आँखा उपचार सहयोग अभियान

Loading...