“मायाले संसार थामेन” भन्दै आए जिबिहाङ्ग राई (भिडियो सहित)

साथमा शुष्मा राई

0 1,935

ईन्द्र जिजीबिषा / काठमाडौ – पछिल्लो समयमा पूर्वेली लोकभाकामा मज्जाले जमेका गायक तथा संगीतकार जिबिहाङ्ग राई “मायाले संसार थामेन” बोलको गीत लिएर बजारमा आएका छन् । गायक राईको “झम्के माया” १ र २ ले सबैको मन जित्न सफल भएको थियो ।

हालै सार्वजनिक भएको राईको यो गीतपानी निक्कै राम्रो रहेको छ । यो गीतमा राईलाई शुष्मा राईले साथ् दिएकी छन् । गायिका शुष्मा राईको पनि दर्जनौ गीतहरु बजारमा आईसकेका छन् ।

अनन्त खालिङ्ग र सोनी सपना खालिङ्गको शब्द रचनामा रहेको गीतलाई जिबिहाङ्ग राईले नै संगीत (लय संकलन) पनि गरेका हुन् ।

जिबिहाङ्ग राईले नै निर्देशन गरेको यो गीतको म्युजिक भिडियोलाई खेम थापा मगरले छायांकन र मनोज राईले सम्पादन गरेका छन् । सोलुको मनोरम दृश्यहरु लगायत अन्य स्थानहरुमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोमा मनोज राई र रोजिना राईले अभिनय गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...